विरासतमा अडेकी युवती

विरासतमा अडेकी युवती

प्रिय मित्रहरू,

२० अगस्त २०२२ मा मेरी प्रिय छोरी दारियालाई युक्रेनी आतंकवादी महिलाले निर्ममतापूर्वक हत्या गरेको दुःखद दिनको सम्झना गर्नुहुने सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु । साथै दारियाको सम्झनामा समवेदना र गहिरो दुःख व्यक्त गर्नुहुने दारिया र मेरा शुभचिन्तकलाई हार्दिक धन्यवाद टक्राउँदछु ।

दारिया प्रथमतः उनको समयमा परम्परालाई विश्वास गर्ने एक महिला थिइन् । उनको लागि परम्परा सबै थोक थियो । पवित्रता, दर्शन, राजनीति, परिवार, मित्रता, अतीतसँगै भविष्य पनि अन्ततः स्वयम् ।

दाशा जहिले पनि आफ्नो परम्परालाई असाध्यै स्नेह गर्ने प्रष्ट र बफादार व्यक्ति थिइन् । २० अगस्त २०२२ मा त्यही परम्परा र उत्सवबाट फर्किने क्रममा उनको विभत्स किसिमले निर्ममतापूर्वक हत्या गरियो । यो विशुद्ध संयोग मात्र हुनै सक्दैन । यो भगवान्को प्रतीक पनि हो ।

जुन उद्देश्यको लागि मानिस आफ्नो जीवन उत्सर्ग गर्ने आफूलाई बलिवेदीमा होम्न तैयार हुन्छन्, त्यसको खास वा वास्तविक मूल्य हुन्छ । दारियाको लागि परम्परानै सबैभन्दा उच्च मूल्य थियो । मेरा लागि, मेरी श्रीमती नाताशाको लागि, मेरो परिवारको लागि अनि मेरा आफन्तहरूका लागि । यसले मातृभूमिलाई मातृभूमि, मानिसलाई मानिस, चर्चलाई चर्च साथै संस्कृतिलाई संस्कृति बनाउँछ ।

दाशा सिर्जनात्मकताकी अवतार थिइन ्। उनी भविष्यवेत्ता थिइन् । उनी आशा र विश्वासमा बाँचेकी थिइन् । उनी निरन्तर अनि निरन्तर उच्चतामा अगाडि बढिरहन्थिन्, हेरिरहन्थिन् । दुर्भाग्यवश, उनले यसलाई सहज रूपमा ग्रहण गरिन् । जहाँसम्म माथिको सन्देश थियो ................... । तर उनको सन्देश हामीबीच सदा रहिरहनेछ । झन्झन् फरक, एकीकृत र सुस्पष्ट । उनको सन्देश रूसीहरूको भविष्यको र साथै साँचोमा युरोपेली भविष्यको निमन्त्रणा हो । एउटा भविष्य जुन अझै साकार हुन बाँकी छ । जो तपाईंद्वारा अनि हामीद्वारा पूरा गरिनुुपर्छ ।

दाशाले आफूलाई जहिले पनि एक परियोजनाको रूपमा सोच्थिन् । जहाँ रचनात्मक इच्छाहरूको शुरुवात हुन्छ । उनी दर्शन, धर्म, राजनीति, संस्कृति र कलाले बलेकी थिइन् । उनी ज्ञानमा यति समृद्ध र पूर्ण थिइन् कि उनी हर विषयमा दखल राख्दथिन् । उनी र उनका रुचि, उनका अध्ययनका विषयवस्तु, उनका भाषण, उनका सिर्जनात्मकता साथै कठिन लक्ष्य प्राप्तिको लागि उनको दृढ इच्छाशक्ति, उनमा निहित साधना हाम्रा लागि प्रेरणा हुन् । उनी आफ्नो जीवनकालमा यो चाहन्थिन् कि — रुसीहरु दृढतापूर्वक अगाडि बढून्, हाम्रो संस्कृति र देश अगतिशिलताबाट गतिशिलतातर्फ अगाडि बढोस् र उडान भरोस् ।

उनको मुख्य उद्देश्य रूसको लागि बाँच्नु र आवश्यकता परे मर्नु थियो । यो कुरा उनले आफ्नो डायरीमा “त्जभ ज्भष्नजतक बलम क्धबmउक या ःथ ज्भबचत” (दि हाइट्स एन्ड स्वाम्पस् अफ माई हार्ट) मा उल्लेख गरेकी छिन् । जसलाई हामीले भर्खरै प्रकाशित गरेका छौं । दाशाको दोस्रो दार्शनिक पुस्तक ुभ्कअजबतययिनष्अब िइउतष्mष्कmु (स्कटोलोजिकल अप्टिमिज्म) छिट्टै रूसी भाषामा प्रकाशित गरिँदैछ । यसमा अर्को महत्वपूर्ण पक्ष के छ भने यो अंग्रेजी भाषामा पहिले नै प्रकाशित भइसकेको छ । दाशालाई संसारका ती मानिसहरुद्वारा माया तथा स्मरण गरिनेछ, जो जीवनको सबैभन्दा कठिन र अँध्यारो समयमा पनि आफ्नो परम्परा र विरासतप्रति बफादार हुन्छन् । यहाँसम्म कि परम्परा आफैं स्थापित नहुँदा पनि ती व्यक्ति जो मरेपछि पनि भगवान प्रति उनी अनुग्रहित हुनेछन् । रुसको निम्ति जिउनु उनको सन्देश थियो । जुन सन्देश उनले पटकपटक अभिव्यक्त गरेकी थिइन् ।

हामीसँग उनी जस्ता कयौं अद्भूत सच्चा नायक, योद्धा, रक्षक र निर्मल आत्मा भएका मानिसहरु छन् । उनीहरूमध्ये केहीले आफ्नो मातृभूमिको निम्ति बलिदानी दिए ।

उनीहरूमध्ये केही हामीसँग छन् । प्रत्येक वीरका स्मृतिहरू सुन्दर अनि पवित्र हुन्छन् । त्यस्तै दाशाका स्मृतिहरु पनि ।

साथै दाशा केवल एक आदर्श देशभक्त नागरिक मात्र थिइनन् । उनी एकअलौकिक आध्यात्मिक क्षमताकी बाहक पनि थिइन् । भलै उनको निम्ति आफूलाई प्रस्तुत गर्ने समय भएन । उनलाई २९ वर्षको कलिलो उमेरमा नै हत्या गरियो । उनले बीसौं शताब्दीको सुरुवाती शाहीकालको रजतयुगीन रुसीे संस्कृति विकासलाई मूर्त रूपदिने प्रयास गरेकी थिइन् । साथै उनलाई नियो प्लेटोनिजमकोदर्शनमा गहिरो रुचि व्याप्त थियो । उनी परम्परागत धर्म र भू–राजनीतिमा पनि विशेष लगाव राख्थिन् । जस्तो कि आधुनिक ब्खलभत न्चबमभ ब्चत (एभ्नेट ग्रेड आर्ट) संगीत, थिएटर, पेन्टिङ, फिल्म र युद्धले निर्माण गर्ने सत्ता मीमांशाको दुःखद स्मरणहरु । आधुनिकतामा घातक संकटको गम्भीर र अखण्ड संयमित स्वीकृतीहरुको साथै त्यसवाट मुक्ति प्राप्त गर्न उत्कट इच्छाशक्ति; यी सबै एक युगान्तकारी आशावाद हुन् ; आधुनिकताको दुर्भाग्य र भयको सामना गर्नको लागि ईश्वरमा, उसको दयामा, उसको न्यायमा, एक उज्ज्वल विश्वास राख्नको लागि ।

म चाहन्छु कि, दाशाको स्मरणहरु एक जीवन्त, आर्कषक, शुद्ध ऊर्जाले भरिपूर्ण युवतीको रूपमा उनको जीवनका छविहरुमा ध्यान केन्द्रित गर्नको लागि होउन् । न कि उनको उत्सुकता, उनको योजना प्राप्तिको साथै त्यसको निरन्तरताको लागि । एक विशुद्ध र दूरदर्शी उनको राजर्षि सपनाहरु ।

आममानिसका बीच यो प्रष्ट भइसकेको छ कि दाशा वस्तुनिष्ठ रूपमा एक राष्ट्रिय नायिका बनिसकेकी छिन् । कविता र पेन्टिङ, क्यान्टाटास र संगीत, फिल्म अनिविश्वविद्यालयहरूका खेल अनि चलचित्र निर्माणको प्रस्तुितमा उनलाई अर्पण गरिएको छ । शहर र गाउँका सडकहरू उनको नाममा राखिएका छन् । उनको सालिक अन्य सहरमा पनि स्थापित गरिने छ ।

एउटी युवती जसले कहिल्यै पनि शत्रुता साध्न जानिनन् । जसले कहिल्यै पनि हिंसा र आक्रमणको अपील गरिनन् । जो सदा गहिरो मुस्कानमा हुन्थिन् । जो निर्दोष र सु–शिक्षित थिइन् । उनलाई आफ्नै बुबाको आँखै सामुन्ने एक निर्दयी, क्रूर युक्रेनी दुश्मन; आतंकवादीले निर्मम हत्या गरिदियो । ती महिला जसले हामी सहभागी भएको परम्परागत उत्सवमा पनि संलग्न थिइन् । साथै उनले आफ्नी कलिली १२ वर्षकी छोरीलाई समेत सो आततायी हत्यामा संलग्न गराउन संकोच मानिनन् । यो कीभको र एङ्लो सेक्सन विश्वको खुफिया अधिकारीहरुले अमानवीय परम्परा हो । उनिहरु मानवीयताका कट्टर दुश्मन जस्तै हुुन, जसले उसलाई यो कार्य गर्न प्रयोग ग¥यो । आजभन्दा ठीक एक वर्ष पहिले २० अगस्त २०२२ को दिन मैले ‘इतिहासमा राक्षसहरूको भूमिका’ विषयमा प्रवचन दिँदै थिए । त्यो प्रवचन दाशाले पनि सुनिन् । त्यो हत्यारा राक्षसले पनि सुनिरहीे । साथै इतिहासमा राक्षसको भूमिका केर कस्तो हुन्छ भन्नुको साथै आफैंले पनि राक्षसी भूमिका कसरी निर्वाह गर्ने भनेर तयारी गरिरही ।

अब दाशा निश्चित रूपमा अमर भइसकिन् । हाम्रो देश अब यसबाट कदाचित् उदासीन हुनै सक्दैन । अथवा मेरो त्रासदी, हाम्रो परिवारको त्रासदी, दाशाको सहपाठीहरूको त्रासदी, उनीहरू सबैको त्रासदी जसले सबैबीच संवाद र सहयोग गरे । यो हामी सबैको लागि त्रासदी बन्यो । जुन व्यक्तिहरूले उनलाई बुुझेका थिए अनि जसले उनको बारेमा पहिलो पटक सुन्थे । उनीहरू सबैको आँखा आँशु बग्न थाल्थ्यो । यो मात्र पीडा र दुःखको आँसु थिएन । यो हाम्रो पुनरोत्थानको, हाम्रो शुद्धीकरणको साथै आउनेवाला, हाम्रो आसन्न विजयको आँशु हो । दाशा सबै व्यक्तिहरूको एक आदर्शको प्रतीक बनिसकिन् ।

उनी पहिलेदेखिनै एक प्रतीक थिइन् । तर अब यो महत्वपूर्ण छ कि यस प्रतीकको मूल मर्म कदापी लुप्त हुने छैन । यो दाशाको स्मृतिहरूको संरक्षण र संग्रह गर्नको लागि मात्र होइन । यो दाशाका बाँकी अभिभारा निरन्तर रूपमा पूरा गर्नको लागि पनि महत्वपूर्ण छ । किनकि, उनीसँग यसको कारण थियो । जसको कारण यो भयो ।

सन्तहरु जो कुनै विशेष परिस्थितिमा सहयोग गर्दछन् । पहिला, गरिबलाई मद्दत गर्दथे। दोस्रा,े बिरामीलाई मद्दत गर्दथे । तेस्रा,े तीर्थयात्रामा, अनि चौथो कैदीलाई ।

व्यक्तिगत रूपमा रुसी प्रतीकहरूको पनि यसै तरिकाले कार्यविभाजन गर्न सकिन्छ । जस्तो कि, विभिन्न कठिन समयमा, कहिलेकाहीँ निरासाजनक अवस्थामा मानिसहरूको संरक्षण गर्नु । ‘मेरा दुःखलाई शान्त पार’ यो नै भगवानको आमाको प्रतीकको रूपमा एक नाम हो । तर यहाँ एउटा मान्यता छ –जब जिउन असम्भव प्रायः हुन जान्छ, सबैथोक बिग्रिँदै जान्छ ...........।

अभिनेता र अभिनेत्री पनि फरक–फरक हुन्छन् । पहिलो सैन्य वीरताको प्रतिक हो । अर्को त्यागपूर्ण कोमलता । तेस्रो धैर्यता, चौथो राजनीतिक इच्छाशक्तिको पराकाष्ठा । यी सबै सुन्दर छन् ।

दाशा एक आत्माको प्रतीक हुन् ।

रूसी आत्मा ।

यदि आत्मा हुन्थेन त रुस पनि हुन्थेन ।

अनि केही पनि हुन्थेन ।

केही असल मान्छेले स्वेच्छापूर्वक दाशाको

स्मृतिलाई अगाडि बढाउनेछन् ।

यहाँ दारिया दुगिन जन संस्थान छन् ।

यहाँ दारिया दुगिन साहसी कक्षाहरू छन् ।

यहाँ उत्कृष्ट भ्लादिमिर दल पब्लिकेशन हाउस छ,

जसले दाशाका कितावहरु र तिनको विभिन्न भागहरू प्रकाशित गरेको छ ।

यहाँ विभिन्न पुरस्कार र परियोजनाहरु छन् ।

यहाँ मानिसहरुलाई त्यही गर्न दिइन्छ जो उनको मनले गर्न चाहन्छ ।

“महत्वपूर्ण कुरा यो हो कि, हरेक काम आत्मादेखि गर्नुहोस् ।”

– अनुवादक मोहनप्रसाद ज्ञवाली