अब अखिल रूसी विचारधारा मोर्चामा जन्मिएको छ !

अब अखिल रूसी विचारधारा मोर्चामा जन्मिएको छ !

नयाँ रूसको विचारधारा अब युक्रेनी मोर्चामा जन्मिएको छ।

निस्सन्देह एक विचारधारा  बोकेका त्यहाँ त्यस्ता व्यक्तिहरू थिए जो पहिले नै स्वेच्छाले र सचेत रूपमा युद्धमा संलग्न भए । त्यहाँ विश्वस्त दक्षिणपन्थीहरू (अर्थोडक्स, साम्राज्यवादीहरू, सार्वभौमवादीहरू) छन् । त्यहाँ वामपन्थीहरू (स्टालिनवादीहरू, वैश्विकवाद विरोधीहरू)छन् । त्यहाँ एक बाम वा दक्षिणपन्थ एक राष्ट्रिय -बोल्शेविक छ। जे होस् प्रिगोजिनले धेरै हदसम्म बाम वा दक्षिणपन्थले प्रवचन-न्याय र शक्तिको आवाज उठाइरहेका थिए। त्यहाँ बाम वा दक्षिणपन्थी युरेशियनवादीहरू छन् । त्यहाँ कुनै पनि प्रकारको उदारवादीहरू छैनन् ।

यो रुसी मोर्चाको विचारधारा हो र यसलाई नजरअन्दाज गर्न सकिदैनँ। त्यहाँ सेम्योन पेगोभले ठीकै लेखेका छन्,'मानिसहरू र सिपाहीहरू सँग-सँगै छन् ।' यदि एक उदारवादी मोर्चामा पुग्छ भने ऊ केवल उदारवादी हुन छोड्छ र रूसी मोर्चाको असहिष्णु अनुदारवादी विचारधाराको सन्दर्भमा उत्रिन्छ। अधिकांश विश्वस्त उदारवादीहरू या त एस.एम;ओ. ( विशेष सैन्य कारबाही ) को सुरुमा नै भागे वा पछाडि लुकेर विध्वंशकारी काममा संलग्न भए।

बहुसंख्यक एक विचारधारा बोकेका मानिसहरू मुख्यतः लामवद्ध भैसकेका छन्, तिनीहरु मात्रै होइन अरु बिनाविचारधाराका मानिसहरु पनि मोर्चाको नजिक छन् र आउँछन् ।

तिनीहरूलाई जुन राज्यद्वारा पठाइन्छ त्यसको अधीनमा छन् र त्यसको आदेशको पालना गर्दछ्न । पहिलो चरणमा विचारहरूको यो अभावले धेरै 'पाँचौ सय' लाई जन्म दियो, वास्तवमा उनीहरू रेगास्थानी थिए । जसले युद्धको बर्बरताको सामना गरे । उनीहरुलाई महसुस भयो कि उनीहरु मर्नलाइ तयार थिएनन । उनिहरुले बुझ्नै सकेनन् किन यस्तो भयो ? सायद कोहीकोही अधिकारीहरूको आज्ञाकारी भएर बसे र नयाँ इलाकाहरूमा पनि त्यसरी नै स्थान्तरण गरे। एक विचार वा सिद्धान्तको कारण होइन कि राज्यले त्यसो भनेको कारण उनीहरु स्थान्तरण भए । सैद्धान्तिक रूपमा यदि राज्यले उनिहरुलाइ रोक्यो भने र हामी शान्तिको लागि युद्ध आदानप्रदान गर्दैछौं भन्यो भने बिनातर्क वा निन्दा उनीहरूले त्यसो गर्नेछन् ।

तर यो विल्कुल सैद्धान्तिक र प्रारम्भिक नै हो । जब एक रूसी चाहे त्यो वैचारिक रूपले तटस्थ व्यक्ति नै किन नहोस्, युद्ध, विशेषगरी अहिलेजस्तो युद्ध, एउटा राष्ट्रिय युद्ध, एउटा देशभक्तिपूर्ण युद्ध, ऊ अकाट्यरुपले रूपले परिवर्तन हुन्छ । उसको जीवन एउटा विचारले भरिएको छ त्यो हो रूसी विचार । र अब उसलाई त्यति सजिलोसँग युद्ध मैदानबाट फर्काउन सकिदैनँ । अब यहाँ केही पनि भएको छैन भनेर । यो युद्ध हो भने यो विजयमा निर्भरसम्म । यसरी आज्ञाकारी राजनेता आत्म-जागरूकताको कारण एक उच्च नैतिक मूल्य र आत्मजागरुकताको साथ एक रूसी नायक बन्छ । उसलाई युद्धमा पठाइएको थियो भन्ने कुनै पूर्वव्यापी प्रभाव देखा पर्दैन । एक रूसी मानिस युद्धमा एक विषय बन्छ । तपाईं युद्धमा उदारवादी बन्नै सक्नुहुन्न । तर दायाँ, बायाँ, दायाँ-बायाँ र बायाँ-दायाँ बन्न सक्नुहुन्छ । तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ: युद्धमा पठाइएकाहरूमध्ये अधिकांशले रातो-सेतो विरोधाभासहरूको पङ्तीसहित दायाँ वा बायाँ हठधर्मितालाई कडाइका साथ पालन गर्ने सम्भावना छैन। कोही होलान् तर अधिकांशले त्यसो गर्दैनन् । यो रूसी सेना (सैनिक-जनता) को यस परिवेशमा नयाँ रूसी विचारधाराको जन्म हुनेछ। यो दायाँ-बायाँ वा बायाँ-दायाँ हुनेछ र हठधर्मिपूर्वक होइन कि सहज रूपमा हुनेछ ।

सम्पूर्ण रूस अहिले युक्रेनको मोर्चासँग लडिरहेको छ, प्राचीन र आधुनिक, शाही र सोभियत। र यस्तो युद्धको विचारधारा स्वाभाविक रूपमा अखिल-रूसी, अखिल-रूसी नै हुनुपर्छ।
गम्भीररुपमा घाइते  भएका र ग्रे जोनमा छोडिएका हाम्रा सैनिकहरुको कहानीले जो कोही आश्चर्य चकित थिए। जो सबै कुराको सामनाको बावजुदपनि बाँचेका थिए। र त्यो भन्दा पहिले एक घातक घाइते युक्रेनीलाई उसले सकेसम्म मद्दत गर्‍यो । उसले चम्चाले हिउँ खायो र अझै पनि आफ्नै ठाउँमा घस्रिएर आयो। विचारको शक्ति, वीरताको गहिराई र रूसी विचारधाराको गम्भीरता यस्ता अलौकिक कार्यहरूमा प्रकट हुन्छ । युद्धका कारण सैनिकको शरीरमा १० दिनदेखि रगत बगिरहेको, मासु च्यातिएर सुनिएको, विस्फोटमा परेर रक्ताम्वे भएको अवस्था छ ।

आत्माले मात्र त्यो गर्न सक्छ।

अनुवादक: मोहनप्रसाद ज्ञवाली