इरानलाई युद्धमा तानियो

इरानलाई युद्धमा तानियो

इरानलाई युद्धमा जवरजस्त तानिएको हो भन्ने कुरा अयातुल्लाह खोमेनीको विचारसँग मेल खान्छ। सिद्धान्ततः क्रान्तिपछिका सबै दशक इरानले यस‌ै युद्धका लागि मात्र तयारी रहनुपर्थ्यो। यो विश्व इतिहासको महान् उपसंहार हो । तथापि इरानी समाज अझै पनि पूर्ण रूपमा जागृत भैसकेको छैन भन्ने धारणा राखिन्छ।

जवसम्म हाम्रो विशेष सैन्य अभियान सुरु भएको थिएन, हाम्रो समाज पश्चिमसँग नतमस्तक थियो। पश्चिमको शैतानी सभ्यतासँगको हाम्रो  पवित्र युद्धको बारेमा हाम्रो समाज उदाश थियो। हाम्रो समाजले न त क्याटेचुमेनहरूको धर्मशास्त्रको बारेमा, न त रूस-युरेशिया अनि नाटो एटलान्टिस्टहरू बीचको भूराजनीतिक टकरावको बारेमा कुनै कुरा जान्र चाहन्थ्यो। युद्धले सबै कुरा परिवर्तन गरिदिन्छ। सबै कुराको आ-आफ्नो स्थान निर्धारण गरिदिन्छ। नायक होस या गद्दार।