जुछे, दुष्ट राज्यहरू र महान् मानवता

जुछे, दुष्ट राज्यहरू र महान् मानवता

'डीपीआरके' सँग रूसको सम्बन्ध सुमधुर हुनु भनेको एक अद्भुत पहल हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका वंशाणुगत प्रमुख किम जोङ–उनबीच भएको भेटघाट र वार्ताले WEF (विश्व आर्थिक मञ्च) मा हलचल मच्चाएको थियो । पश्चिमा देशहरूले कुनै पनि हालतमा यो सम्बन्ध रोक्नुपर्छ तथा रूस र उत्तर कोरिया एक अर्का बीच कुनै पनि गतिविधिमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने टिप्पणी गरे ।

तर अब, SMO (बिशेष सैन्य कार्वाही) ले नाटकीय मोड लिएको डेढ वर्ष बितेकोछ। हामी वास्तवमा केवल ती व्यक्तिहरूको मद्दतमा भरोसा गर्न सक्दछौं जसले दृढतापूर्वक पश्चिमी प्रभुत्वकाविरुद्ध पूर्ण संघर्षको मार्ग कोरेका छन्। जसले गम्भीरतापूर्वक आफ्नो सार्वभौमिकताको रक्षा गर्नसक्छ्न र आफ्नो सार्वभौम विश्वदृष्टिकोणमा विश्वास गर्छन। आज ती भरोसायोग्य देश हुन्, उत्तर कोरिया,  इरान र बेलारुस पनि, साथै हामी तिनीहरूसँग  ऐक्यबद्ध छौं। ।
यो कुनै संयोग होइन कि उनीहरू सबैलाई वासिङ्टनले दुष्ट राज्यहरू (सिद्धान्तहीन) भनेर  लेबल लगाएको छ। जसले विश्वव्यापीरुपमा उदारवादमा विश्वास गर्नेहरुलाई प्रत्यक्ष रूपमा चुनौती दिन्छ त्यसलाई  तुरुन्तै सीमान्तकृत र राक्षसीकरण गरिन्छ। यो युद्ध र उसको नियम हो।

लामो समयको लागि, रूसी अभिजात वर्ग पश्चिमको पूर्ण नियन्त्रणमा रहेको छ। सबैभन्दा पहिले मानसिक, सांस्कृतिक अनि वैचारिक रूपमा। त्यसैले यो उत्तर कोरियाप्रतिको घमण्डी र विडम्बनापूर्ण दृष्टिकोण र जुछेका विचारहरू (जसको कोरियाली भाषामा 'सार्वभौमिकता', 'आत्मनिर्भरता',अर्थात् यसको दजाइन हो) को विचार हो । पश्चिमी उदारवादभन्दा शिया धर्म र इरानी संस्कृतिको परम्परागत मूल्यमान्यतालाई प्रमुखता दिएको इरानको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । यहाँ पनि नागरिक सार्वभौमिकतालाई केन्द्रमा राखिएको छ। बेलारुस र यसको साँचो स्थायी नेताको सन्दर्भमा पनि स्थिति उस्तै छ, जो पश्चिमबाट पूर्ण रूपमा स्वतन्त्र छ। लुकासेन्को आफ्ना जनताको स्वाधीनता र स्वतन्त्रताको प्रत्याभूतिकर्ता हुन् । यसैले उनी 'पश्चिमका शत्रु' हुन् ।

सामान्यत:, जुचेको विचारधारा (주체) धेरै रोचक र मौलिक खालको छ। यो अवधारणा नयाँ होइन, यो कोरियाली कन्फ्युसियसवादबाट लिइएको हो । 'जुछे' भन्ने अभिव्यक्तिको प्राचीन अर्थ 'वस्तुगत  पक्षबाट देखिने कुरा' हो। यो ब्रेन्टानो-आइन्स्टाइनको घटना विज्ञानमा 'यो सुझबुझपुर्ण तवरले गरिएको कार्यको सामग्री' को अङ्ग  हो ।  यो अस्तित्वमा रहेको कुरा होइन, तर हाम्रो प्रतिनिधित्व हो। यो बर्कलेको थेसिस एस्से पर्सिपेरे एस्टसँग पनि मिल्दोजुल्दो छ, तर नयाँ कोरियाका  संस्थापक किम इल सुङले यसलाई प्राचीन कोरियाली आदिवासी सम्प्रदाय चियोङडोग्योको नजिकको अर्थ दिए। जहाँ यसलाई कोरियाली समुदायको आध्यात्मिक सार्वभौमिकताको अर्थमा व्याख्या गरिएको छ। यो एथ्नोफेनोमेनोलोजी हो।  एक सुझबुझपुर्ण तवरले गरिएको शुद्ध कार्यको धारणा जसको संरचनाहरू बाहिरी संसारका चीजहरूमा प्रतिबिम्बित कोरियाली मानसिकताको विशिष्टताद्वारा पूर्वनिर्धारित छन्। संक्षेपमा भन्ने हो भने यो पूर्णनागरिक सार्वभौमिकता र आत्मनिर्भरताको कुरा हो । यसबाहेक, अस्तित्वको अँध्यारो पक्षबाट मुक्त एक आदर्श कोरियाली समाज निर्माण गर्ने परियोजना हो । जुन सबै कोरियालीहरूको एकीकृत मानसिक प्रयासलाई सिंक्रनाइज़ गरेर दुरि कायम गरिएको छ । यसले चियोङग्यो सम्प्रदायमा महत्त्वपूर्ण भूमिका खेल्छ। सार्वभौमिकताको प्रश्न सबैभन्दा पहिलो र सबैभन्दा महत्त्वपूर्ण आत्माको सार्वभौमिकता हो (मायुम कोरियालीमा छ)।

जुछे विचारधाराले एकैसाथ व्यक्तिवादी  मानवशास्त्रको पूर्ण अस्वीकृति र समग्रतावादको विजयलाई बुझाउँछ (एरिस्टोटेलियन शोधपत्र सम्पूर्ण यसको भागहरूको योगभन्दा ठूलो छ)। मानिसहरूलाई आध्यात्मिक सेनासँग तुलना गरिन्छ  ('सुंगुनु' को सिद्धान्त, 선군०।

जुछेको नैतिकतामा सबैभन्दा डरलाग्दो कुरा भनेको न्यून उपासना हो। यसको अर्थ यो हो कि एक व्यक्तिले आफ्नो  नागरिक र संस्कृतिभन्दा बाहिर कुनै विषयलाई (족), बाह्य आर्दशको रूपमा ग्रहण गर्दछ।  उसले आफ्नो आत्माको आध्यात्मिक सार्वभौमिकतालाई धोका दिन्छ र मानवतालाई त्याग्दछ । जुछे सिद्धान्तले पूँजीवाद र पश्चिमा आधिपत्यलाई मौलिक रूपमै अस्वीकार गर्दछ, सान्त्वनालाई तिरस्कार गर्दछ र भ्रष्टाचारविरुद्ध निर्मम हुन्छ ।

सोभियतकालको अन्त्यमा जुछेका विचारहरूको खिल्ली उडाउनु सामान्य कुरा थियो, जब उदारवादी विद्रोही बुद्धिजीवीहरू स्वयं शुद्ध 'निम्न कल्टिज्म' मा फसेका थिए। परिणाम स्पष्ट थियो: देश, सामाजिक न्याय, उद्योग, स्वतन्त्रता र गरिमा गुम्यो। अर्को शब्दमा भन्ने हो भने, सोभियत बुद्धिजीवीवर्ग आफ्नो समुदाय र पहिचानलाई धोका दिँदै वैचारिक प्रतिद्वन्द्वीको पश्चिमा राक्षसीकरणमा सामेल भयो ।

दुःखको कुरा, पुटिनको शासनकालमा पनि उत्तर कोरियाप्रतिको यस्तो व्यवहार कायमै छ । जहाँसम्म जुछेको मातृभूमिको कुरा छ, हामीले पश्चिमलाई 'काउटो' गर्ने तरिकाले व्यवहार गरिरहेका छौं । त्यसैले हामीले सन् २०१६–२०१७ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा उत्तर कोरियाको आणविक कार्यक्रमको निन्दा गर्यौं । जुन गल्तीको जिम्मेवारी हाम्रो टाउकोमाथि छ। फेरि एकपटक हामीले पश्चिमलाई पछ्यायौं तर पश्चिमले हामीविरुद्ध युद्धको तयारी थालिसकेको थियो ।

अब अहिले हामीले आफूलाई सच्याउन थालिसकेका छौं । भ्लादिभोस्तोक इकोनोमिक फोरममा किम जोङ–उनसँग पुटिनको भेट, रक्षामन्त्री शोइगुको प्योङयाङको यसअघिको भ्रमण, लाभरोभको रूस, उत्तर कोरियाबीच ठूलो स्तरको मेलमिलाप र राजनीतिक–सैन्य साझेदारीको घोषणा जस्ता कुराहरुले हामी हाम्रा गल्तीहरु सच्याउने काम गरिरहेका छौं भन्ने महत्वपूर्ण सङ्केत हुन् ।
हामी संयमित बनौंस् पश्चिमी आधिपत्यलाई अस्वीकार गर्नेहरू (पश्चिम र यसका जागीरदारहरूका लागि) 'दुष्ट राज्य' हुन्। युक्रेनमा खुलेआम नाजी आतङ्कवादी शासनको समेत सेवा गर्नेहरू 'लोकतन्त्र' र 'मानव अधिकार'का ठेकेदार हुन् ।

आजको रूस पनि पश्चिमाहरूको नजरमा एक 'दुष्ट राज्य' हो, र रूसमा पश्चिमा समर्थक (अझै पनि 'निम्न-जीवन') अभिजात वर्ग यससँग सहमत छन् । तर रूसी औपनिवेशिकताविरुद्धको अभियान र सार्वभौमिकताको अनिवार्यताले हामीले यसलाई अन्त्य गर्न आवश्यक छ। हामीलाई जुछेको अद्भुत सिद्धान्तको हाम्रो आफ्नै रूसी परम्परागत  संस्करण चाहिन्छ।अर्थात्, हाम्रो नागरिक पहिचान र आत्मनिर्भरताको सैद्धान्तिक सूत्रीकरण चाहिन्छ । हो, साथीहरूको लागि हामी खुला छौं, तर हामी हाम्रो आफ्नै संसारमा बाँचिरहेका छौं, रूसी उद्देश्यको नियम अनुसार निर्माण गरिएको छ। हामी इतिहासका सार्वभौम प्रजा हौं, हामी बाह्य नियन्त्रणको कठपुतली होइनौं ।

पश्चिमा र यसको सत्यप्रतिको दाबीलाई अन्ततः आमूल परिवर्तन गर्नैपर्छ । वीर जुछे मानिसहरू इरानीहरू जस्तै बुद्धिमान छन् । बेलारूसीहरू जस्तै: कोमल र साहसी छन। उनीहरू आफ्नो  पहिचानप्रति सच्चा छन। पश्चिमलाई सार्वभौम हुने अधिकारबाट वञ्चित गर्नुपर्छ । यसलाई अध्ययनको वस्तुमा परिणत गर्नुपर्छ। पुतली वा च्याउ जस्तै परिणत गर्नुपर्छ। पुतली वा च्याउ कसलाई दुष्ट राज्य मान्छ, धेरैलाई  जिज्ञासा छ।  तर पक्कै पनि यो ज्ञानको उच्चतम रूप वा विश्वव्यापी कानून होइन। यो त एउटा विचार मात्र हो ।

महान मानवताका धेरै प्रान्तहरूमध्ये पश्चिम एक क्षेत्र हो । महान् मानवतामा अन्य क्षेत्र र प्रान्तहरू पनि पर्दछन् । र कुन दुष्ट राज्य (सिद्धान्तहीन) हो र कुन होइन भन्ने बारे उनीहरूको आ-आफ्नै धारणा छन। चाहे जुछेको समर्थक हुनु वा अन्य  हास्यास्पद र पश्चगामी होस् वा विलायत-इ फकिहको शिया सिद्धान्त होस् वा यसको विपरीत, यो सम्मानजनक र महान  सिद्धान्त हो। चाहे यो बेलारूसी मानिसहरूको पितालाई समर्थन गर्ने अधिकार होस् वा यो पुरानो शैलीको होस्, सम्मानजनक र महान सिद्धान्त हो। यो निर्णय सामूहिक पश्चिमको मात्र होइन, तर महान् मानवतामा निर्भर रहेको छ, र यहाँ विचारहरू व्यापकरूपमा भिन्न हुन सक्छन्। त्यसैले यो एलजीबीटी, र लैंगिक राजनीति, आप्रवासन, मानव अधिकार, पूँजीवाद, निजी सम्पत्ति, नागरिक समाज र एआईसँग सबै कुरासँग छ।

उपनिवेशीकरणबाट मुक्तिका लागि हामी चेतनशील हुन आवश्यक छ।
हामीसँग आफ्नै सार्वभौम विश्व दृष्टिकोण हुन आवश्यक छ। हामी पश्चिमा दमनका विरुद्ध विद्रोहमा उत्रिएका छौं, तर धेरै अर्थमा हामी अझै पनि मानसिकरुपमा उपनिवेश छौं।
हामीले  विद्रोहको वीरतापूर्ण मार्गमा लामो यात्रा गरिसकेकाहरूबाट सिक्न हिचकिचाउनु हुँदैन।
किम जोङ–उन, स्वागत छ ।

अब  सुदूरपूर्व स्वतन्त्र भूमि हुनेछ।

अनुवादक: मोहनप्रसाद ज्ञवाली