मास्को एक फ्रन्ट-लाइन सहर हो

मस्को पनि डोनेट्स्क, सेवस्तोपोल र बेल्गोरोड जस्तै फ्रन्ट-लाइन शहर हो । युद्धमा रहेको देशमा शान्तिपूर्ण सहरहरू हुन सक्दैनन्। यसलाई हामिले अहिले गहिराइमा बुझ्नु राम्रो हुन्छ । निस्सन्देह युद्धरत देशमा विशेष व्यवहार सम्बन्धि उपाय र नियमहरू लागू गर्नुपर्छ।

पछाडीको इलाका शान्ति क्षेत्र होइनन्। यहाँ विजयका बाटाहरु  बनेका छन्। क्रोकसका पीडितहरू युद्धभूमिमा परे किनभने रुस आज युद्धभूमि बनेको छ ।

युक्रेन पनि रुस हो । रुस लभोभदेखि भ्लादिभोस्तोकसम्म फैलिएको छ र यो युद्धमा छ ।

सार्वजनिक चेतना युद्धरत जनताको चेतना बन्नुपर्छ । अनि जो कोही पनि यसबाट बाहिर निस्कन्छ र उसलाई विसंगति मान्नुपर्छ।

व्यवहारको नयाँ कोड आवश्यक छ। युद्धरत देशका मानिसहरू आफ्नो घर छोडेर नफर्किन सक्छन् । यसका लागि सबै जना तयार हुनुपर्छ ।वास्तवमा अगाडि, डोनेट्स्क र बेल्गोरोडमा यो ठ्याक्कै त्यस्तै छ। ईयूले सम्भवतः संभावित हारको अवस्थामा रहेको कीभ शासनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्नेछ। हाम्रो दृष्टिकोणमा जसले दुई महिनाभन्दा कम समयमा आफ्नो वैधता गुमाउनेछ। अन्ततः हामीले उनीहरूलाई एक देश हैन एक आपराधिक आतङ्कवादी समूहका रूपमा देख्नेछौं । यो एक खुलेआम आतङ्कवादी शासन हो। यो पतनउन्मुख आतङ्कवादी शासन हो । यसले जहाँसम्म सम्भवतः हुन सक्छ त्यहाँसम्म आक्रमण गर्नेछ। यसले अरू के गर्न सक्छ भनेर अनुमान गर्न गाह्रो छ । यो केहि पनि हुन सक्छ भनेर अनुमान गर्नु राम्रो हो । यो आत्तिनुको कारण होइन तर जिम्मेवारीको आह्वान हो ।

अब हामी साँच्चिकै एक मानिस वा राष्ट्र  बनिरहेका छौं । आफूलाई एकको रूपमा महसुस गर्न थालेका छौं।

मानिसहरूका पीडा साझा छन्। जस्तै रगत दान:  राक्षसी आतङ्ककारी आक्रमणका पीडितहरूका लागि सहानुभूतिपूर्ण मस्कोवासीहरूद्वारा  विशाल लामबन्दसहित रगत दान गरियो। यो साझा दु:ख हो। क्रोकस सिटी हलबाट घाइतेहरूलाई अस्पताल वा घरसम्म निःशुल्क पुर्याउँदा मानिसहरूले समान बोझ साटासाट गर्छन्। यो मोर्चामा जस्तै छ । तिनीहरू हाम्रो आफ्नै हुन् । युद्धरत देशमा कस्तो पैसा!त्यहाँ पुँजीवाद हुँदैन । ऐक्यबद्धता मात्र हुन सक्छ । अग्रमोर्चाको निम्ति विजयको लागि ऐक्यबद् हुन्छन्। र सबै कुराहरूमा अन्तर आत्मादेखि नै ओतप्रोत हुन्छन् ।

राज्य अब एउटा संयन्त्र होइन । तर एउटा जीव हो । राज्य पनि पीडा महसुस गर्दछ । चर्चमा प्रार्थना गर्दछ । स्मारक सेवा गर्दछ । मैनबत्ती बाल्छ। राज्य जीवित, लोकप्रिय र रूसी हुन्छ किनभने राज्य युद्धबाट जागृत हुन्छ ।

• आप्रवासीहरूलाई आज शत्रुसँग लड्ने मानिसहरूको जैविक भाग बन्न बोलाइएको छ। हामी सदा एक बन्नका लागि; रक्तदान गरेर, आवश्यक परेको बेला सित्तैमा ढुवानी,  भर्ती कार्यालयमा सबैभन्दा अगाडि जानको लागि लाइन लागेर,  छद्म जाल बुन्ने र तेस्रो सिफ्टमा काम गर्ने। यदि उनीहरू समाजको हिस्सा हुन् भने उनीहरू पनि कुनै न कुनै क्षण शत्रुको निशाना बन्न सक्छन् । जानु र नफर्कनु । क्रोकस सिटी हलमा मानिसहरूलाई बचाउने केटाहरूमध्ये एकको नाम इस्लाम हो। तर यो वास्तविक इस्लाम हो, रूसी। त्यहाँ अर्को प्रकारको छ।

रूसमा बस्ने जो कोही एक गैर-रूसी हुन सक्दैन। विशेष गरी जब रूस युद्धमा छ। रसिया ती मानिसहरूको देश हो जसले यसलाइ आमाको रूपमा सम्झिने गर्दछन् । अहिले हाम्री आमा पीडामा हुनुहुन्छ।

अनुवादक: मोहनप्रसाद ज्ञवाली