शतरञ्जा खेल

शतरञ्जा खेल

युक्रेनमा भइरहेको युद्धमा मुख्य पात्रहरूलाई हेरौं। यहाँ हामी  जिबिग्निएफ जेजेन्स्कि (Zbigniew Brzezinski) द्वारा पेश गरिएको 'भूराजनीतिक शतरंज बोर्ड' विम्बको सन्दर्भ लिन सक्छौं। जग जाहेर छ, युक्रेनको क्षेत्र र केही हदसम्म रुस एउटा 'शतरंज बोर्ड' हो जसमा विश्वव्यापी भूराजनीतिक टकराव भइरहेको छ । साथै, सबैले पहिलेदेखि  कीभको आफ्नै कुनै स्वतन्त्रता वा स्वविवेक छैन भन्ने कुरा बुझेका छन्। सामन्यतः यो केवल एक उपकरण हो जसको माध्यमबाट प्रमुख रूपमा रूसविरुद्ध खेल्ने मुख्य पात्रहरू आफ्नो स्वविवेकअनुसार चाल चाल्छन् । कुनै पनि विम्ब जस्तै, हामीले प्रस्ताव गरेको भूराजनीतिक शतरंज योजनामा पक्कै पनि कमजोरी र सीमाहरू छन्, तर यदि यसले के भइरहेको छ भनेर प्रकाश पार्न मद्दत गर्दछ भने यसको अस्तित्वलाई पुष्टि पनि गर्दछ।

सर्वनाशको शतरंज

कुनै पनि योजनाले वास्तविक चित्रलाई अति सरलिकृत गर्दछ, तर यसले अन्तर्निहित प्रवृत्तिहरू र वास्तविक निर्णायक शक्ति केन्द्रहरूलाई प्रकाश पार्ने प्रयास गर्छ । रूस अहिले सामूहिक पश्चिमासँग युद्धमा छ र यी दुई भू-राजनीतिक उदाहरणहरूलाई हामीले दुई विरोधी सुरुवातको रूपमा लिन सक्छौं भन्ने कुरा जगजाहेर छ। रुसले सेतोको प्रतिनिधित्व गर्छ र समग्र पश्चिमले कालोको प्रतिनिधित्व गर्छ।

कालाहरुबीच धेरै शक्तिशाली र प्रभावशाली ध्रुवहरूको रूपरेखाहरु देखा परिरहेका छन्। जब हामी भू-राजनीतिक शंतरंजको बारेमा कुरा गर्दैछौं, हामी प्रत्येक ध्रुवलाई एक प्रकारको शतरंजको गोटीको रूपमा कल्पना गर्न सक्छौं, जसका आफ्नै योजना, आफ्नै तर्क, आफ्नै रणनीति र युद्धका आफ्नै लक्ष्यहरू छन् । साथसाथै, प्रत्येक भू-राजनीतिक गोटी र अन्य गोटीहरू, सेतो र कालो दुवै, आफ्नै र विपक्षीहरूका आ-आफ्नो कार्यहरूमा सीमित छन्।

कालो र सेतो प्रत्येकतर्फ तीनवटा मुख्य तस्विरहरू प्रस्तावित छन् । तर यी प्रमुख तस्विरहरूले निर्णय गर्ने सहायक केन्द्रहरू, विश्लेषण, र विशेषज्ञ समूहहरू तथा प्रभावको संजालहरू लगायत ठूलो संख्यालाई सामान्य बनाउँछन् । यी युक्रेनी युद्धको भूराजनीतिक शतरंज खेलका ठूला फिगरहरू हुन् जुन वास्तवमा सजिलै र चाँडै तेस्रो विश्व युद्ध निम्त्याउन सक्छन् । यसरी वर्तमान द्वन्द्वलाई यसको पूर्ववर्ती वा पहिलो चरणको रूपमा पहिचान गरिनेछ । यदि यसले तेस्रो विश्वयुद्धको विकराल रूप नलिने हो भने विश्वका शक्तिशाली खेलाडीहरुको संलग्नता र विश्वव्यापी स्तरले मानवताको भविष्यको लागि हरेक प्रमुख-पात्रलाई जिम्मेवार ठहराउँछ । वर्तमान परिस्थितिमा प्रमुख-पात्रहरुको हरेक चालमा सर्वनाशी युद्धको बीजारोपण भएको छ । रणनीतिक आणविक हतियार (SNW) को प्रयोगसहित रूस र नाटो (NATO) ध्रुबबीच प्रत्यक्ष आणविक भिडान्तको सम्भावना युक्रेन (पश्चिमी रूस)को शंतरंज बोर्डमा खेलिएको शतरंज खेलको पृष्ठभूमि हो । हामी यसरी 'महाप्रलयको शतरंज' सामना गरिरहेका छौं।

काला केन्द्रहरू

कालोमा हामी तीन मुख्य प्रमुख-पात्रहरू छुट्याउन सक्छौं, जुन एकअर्कासँग समान छैनन् तर तिनीहरूमध्ये प्रत्येकसँग सम्पूर्ण टकरावको क्रमलाई सक्रिय रूपमा प्रभाव पार्नका लागि पर्याप्त सार्वभौमसत्ताको अभ्यास पनि छ । हामीले तिनीहरूलाई निम्न अनुसारका नाम दिएका छौं :

रूसमाथि  पूर्ण र तुरून्त विजय चाहने पक्ष ।
रूसमाथि सुस्त विजय चाहने पक्ष ।
रूसविरूद्ध उदासीन  पक्ष ।

पहिला दुई प्रमुख-पात्रहरूले विश्वव्यापीकरणको पक्षधर गुटलाई प्रतिनिधित्व गर्दछ जसमा अहिले अमेरिका र यूरोपियन युनियनमा एट्लान्टिकवादी अभिजात वर्गहरूको लगभग पूर्ण नियन्त्रण छ,ति दुवै विश्वव्यापी सरकारको बाटोमा छन् र यसमा तिनीहरूको कुनै विरोधाभास छैन। तिनीहरू केवल आफ्ना साझा लक्ष्य प्राप्त गर्न आवश्यक उपायहरूको गति र कट्टरतामा मात्र भिन्न हुन्छन् । रूसमाथि तत्काल विजयको पक्ष र भिन्न विजयको पक्ष यी दुवै एकध्रुवीय विश्वप्रति दृढतापूर्वक प्रतिबद्ध छन्,उदारवादी विश्वव्यापी विचारधाराप्रति प्रतिबद्ध छन् र हरेक मूल्यमा विश्वव्यापी स्तरमा पश्चिमी वर्चस्व कायम राख्न प्रतिबद्ध छन् । संक्षेपमा, तिनीहरू एकै र एउटै शक्ति हुन् र तिनीहरुका दुई ध्रुवहरू; तत्काल कालो विजयको पक्ष र अलगरूपमा कालो विजयको पक्षको अवस्था,तरिका र लक्ष्य प्राप्त गर्ने तरिकाहरूको मूल्याङ्कनमा धेरै फरक छ ।

रूसमाथि पूर्ण र तत्काल विजयको पक्ष

विश्वव्यापीवादीहरूको सबैभन्दा कट्टरपन्थी पक्षले परिस्थितिको फाइदा उठाउन र रूसको महत्त्वपूर्ण कमजोरीलाई युक्रेनी युद्धमा देखाएको अवस्थाको अन्त्य गर्न, रूसलाई पूर्णरूपमा पराजय गर्ने, बिनाशर्त आत्मसमर्पण गर्न बाध्य पार्ने र त्यसपछि रक्तपातपूर्ण अराजकतामा डुबाउने तथा सबै सम्भावित दोषहरु रूसमाथि थुपार्दै सामाजिक,जातीय स्वीकारोक्ति तथा पहिचान, क्षेत्रीय रूपमा रूसी संघको पतन सुनिश्चित गर्ने कुरामा जोड दिन्छन् । यी प्रमुख-पात्रहरुलाई ब्रिटिश खुफिया एजेन्सीहरूले पहिलो र प्रमुख रूपमा प्रतिनिधित्व गरेका छन् जसले निश्चित अमेरिकी नव-कन्जरभेटिभ केन्द्रहरू ( Kagan, Nuland, Kristo), Pentagon र CIA सर्कलहरूसँग नजिकको सम्बन्ध राखेर कार्य गर्दछन् ।

यी संस्थाहरूको दृष्टिकोणअनुसार रूस अत्यन्त कमजोर छ र हरेक हिसाबले एक धागाको त्यान्द्रोमा झुण्डिएको छ । मोर्चाहरूमा गतिरोध, गतिशीलता सुधारमा अनिर्णय वा स्थायी स्थगन, अभिजात वर्गभित्र राजनीतिक र युद्धविरोधी गतिविधिको उच्च सहिष्णुता, सैन्य कमाण्डभित्रको भ्रम, समाजको भ्रम, प्रतिबन्धका प्रभावहरू र तत्काल आयात प्रतिस्थापनको आवश्यकता, एक सुसंगत विचारधाराको अभाव, जित्ने स्पष्ट रणनीतिक इच्छाशक्तिको अभावलगायत यी सबैले गर्दा रूस रसातलको छेउमा छ भन्ने संकेतहरू हुन् । यदि जोडले धकेलियो भने रुस पतन उन्मुख हुनेछ ।

यही कारणले गर्दा कालाहरूको पहिलो प्रमुख-पात्र रूसमाथि पूर्ण र तत्काल विजयको पक्षले यो युद्धको सबैभन्दा कठोर चरणहरूका योजना कार्यान्वयन गर्दैछ । यो त्यही ठाउँ हो जसले रूसी क्षेत्रहरूमा आतंकवादी हमला, हत्या, बम विष्फोट, ड्रोन (UAV) आक्रमण, पुरानो र नयाँ रूसी क्षेत्रहरूमा आक्रमण, रूसी सीमा क्षेत्रका नागरिक बस्ती केन्द्रित आक्रमण, उत्तरी स्ट्रिम ध्वस्त पार्न लक्षित कार्य, क्रिमियाको पुल ध्वस्त पार्ने अपरेशन जस्ता योजना बनाइ कार्यान्वयन गरिरहेको छ ।

यो त्यो कालो ध्रुव हो जसले कीभको कठपुतली शासनलाई सबै प्रकारका हतियारहरूले अधिकतम रूपमा सुसज्जित गर्ने गर्ने, प्रतिबन्धित युरेनियमको गोलीहरू आपूर्ति गर्ने, रूसी राजधानी र शहरहरूमा नयाँ तथा ठूला आतंकवादी हमलाहरू सञ्चालन गर्ने, आन्तरिक रुसी विरोधलाई कट्टरपन्थी बनाउने, सशस्त्र र ठूला  विद्रोहका लागि कर्मचारीहरू भर्ना गर्ने, DRGs को गठनलगायतका गतिविधि सञ्चालन गर्ने उद्देश्य राखेको छ । रसियासँग कुनै वार्ता छैन, यस ध्रुवले युद्धविरामलाई विचार गरेको छैन । रूस सावधानीपूर्वक रचिएको रणनीतिक जालमा फसेको छ र घाइते भालुलाई अब तुरुन्तै आवश्यक माध्यमबाट व्यवहार गर्नुपर्छ । यो ध्रुवले साधनको पूर्ण क्षेत्र प्रयोग गरेर द्रुत रूपमा शत्रुताको पाराबोलिक वृद्धिको वकालत गर्दछ ।

यी प्रमुख-पात्रहरुको मुख्य तर्क भनेको कुनैपनि परिस्थितिमा पुटिनले आणविक हतियारहरू (NSNWs)  प्रयोग गर्दैनन् वा त्यसका लागि रणनीतिक आणविक हतियारहरू (TNWs) प्रयोग गर्दैनन् भन्ने धारणाहरू छ ।  यस समूहको दृष्टिकोण रणनीतिक आणविक हतियारहरू (TNWs) प्रयोग गर्ने सम्भावना घातक छैन भन्ने हो।

मस्को यति चरम अवस्थामा आणविक हतियारको साथ प्रतिक्रिया दिन तयार छ भन्ने कुनै पनि सुझावलाई यस कालो समूहले छलकपट मान्दछ किनभने उनीहरूको विचारमा विद्यमान शासन एक प्रभावशाली विचारधाराको अभावमा संगठित रूपमा यो कदम चाल्न रूस सक्षम छैन भन्ने ठान्दछ । यही ध्रुवले सक्रियरूपमा संजाल रणनीतिको प्रयोग गर्दछ, IPSO को निरीक्षण गर्दछ र रूसी समाजको लागि सामाजिक अभियन्त्रण रणनीतिहरूको मध्यस्थता गर्दछ, कुशलतापूर्वक रूसी सूचना र इन्टरनेट नीतिमा रहेको कुनै पनि त्रुटिको शोषण गर्दछ। यसलाई तटस्थ र बस्तुगत प्रकृतिका धेरै समाचार च्यानलहरूसहित विभिन्न विधिहरू प्रयोग गरेर मानसिक आतंकका लहरहरू तयारी  गर्दछ भन्न पनि सकिन्छ । यो ध्रुवले किभद्वारा नियोजित प्रत्याक्रमणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ र अपरेशनको पूर्ण नेतृत्वको दाबी गर्दछ । रसियाको विनाशको लक्ष्य छिट्टै, कडा रूपमा र छोटो समयमै हासिल गरिनेछ भन्ने ठान्दछ । ठूलो संख्यामा नागरिक हताहत भएका सामूहिक आतंकवादी आक्रमणहरूका साथै मस्कोमा मिसाइल आक्रमणहरूलाई अनुमति दिइनेछ भन्ने सोच्दछ ।

रूसमाथि सुस्त विजय चाहने पक्ष

यो दोस्रो प्रमुख-पात्र रुसमाथि सुस्त विजय चाहने पक्ष हो । यस अन्तर्गतका मामिलाहरूको अवस्थाको मूल्याङ्कन पहिलो प्रमुख-पात्रभन्दा अलि फरक छ । पहिलो समूह जस्तै यो समूह पनि के विश्वास गर्छ भने रूस यस युद्धमा पहिले नै हारेको छ, मध्य युक्रेन, खार्किभ र ओडेसामा आक्रमणहरू पनि कमजोर भएका छन्, अगाडि डोनबासमा आक्रमण पनि रोकिएको छ, प्रतिबन्धहरूले रुसलाई आर्थिक रूपमा पश्चिमबाट अलग पारेको छ र देशभक्तिपूर्ण सुधारको अनिर्णयले मस्कोलाई अझ कमजोर बनाएको छ। यस्तो अवस्थामा यो कालो ध्रुवको अनुसार न्यूनतम कार्यक्रमको लक्ष्य हासिल भइसकेको छ । पश्चिमका देशहरू फेरि अमेरिकाको नेतृत्वमा नाटोको वरिपरि एकताबद्ध भएका छन् । विश्वव्यापीवादले फेरि आफ्नो स्थिति बलियो बनाएको छ । 

फलस्वरूप द्वन्द्वलाई दीर्घकालीन चरणमा लैजाने समय आएको छ । यथास्थिति जति लामो हुन्छ, रूस त्यति नै कमजोर हुँदै जानेछ । र, त्यसपछि तपाईंले देख्नुहुन्छ कि विनाशकारी प्रक्रियाहरू प्रतिबन्धहरूको प्रभावमा आफै सुरु हुनेछन् ।  समानान्तर आयातहरू र आयात प्रतिस्थापन व्यवस्थित गर्न कठिनाइ महसुस गरिनेछ, युद्धको बढ्दो हताहतीले सरकारप्रतिको विश्वासलाई कमजोर बनाउनेछ । यदि हामीले हतार गरेनौं र धेरै टाढा गयौं भने रूस आफैं पाकेको फलजस्तै विश्वव्यापीवादको  फन्दामा पर्नेछ । वास्तवमा यो युद्ध पश्चिमले जितेको छ र युक्रेन यस भूराजनीतिक शतरंज खेलमा खर्चयोग्य सामग्री मात्र थियो र रहन्छ, जसमा प्यादाको बलिदान गरिएको छ (सबै तरिकाले पनि होइन), र समग्र स्थिति धेरै सुधारिएको छ भन्ने सोच्दछ। अमेरिकी सशस्त्र बलका संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलि यस परिस्थितिको प्रमुख उदाहरण हुन्।

कालोको दोस्रो प्रमुख-पात्र पनि रसियाको अन्तिम पराजयतर्फ तयार छ, जुन क्रमशः र ढिलो मात्रै हो । शान्तिवार्ताको शुरुवात रुसका लागि हानिकारक र लज्जास्पद सर्त र लामो अवधिका लागि युद्धको लम्बाइ, र स्थानीय क्षेत्रहरूमा रूसीहरूसँगको केही गठबन्धन पनि यहाँ अनुमति दिन सकिने छ । सबैभन्दा माथिः एक जटिल अवस्था उदाहरणका लागी रूसी क्षेत्रहरुमा  कीभ  सेनाद्वारा एक निर्णायक र तीव्र आक्रमणको अवस्थामा पुटिनले आणविक हतियार र NSNW को उपयोग गर्दैन भन्ने कुरामा दोस्रो प्रमुखपात्र निश्चित छैन । यो अनुमान एक छल हुन सक्छ तर यदि होइन भने यो धेरै ढिलो हुनेछ । त्यसोभए किन सबै कुराको जोखिम लिने, केवल तपाईले चाहानु भएको कुरा पाउनु पर्ने समयमाभन्दा छिटो प्राप्त गर्नको लागि तपाई ग्रहको विनाश चाहनुहुन्छ र ? भन्ने सोच्दछ ।  यो बाइडेन आफैं र उनको अधिकांश प्रशासन चरम नवरूढिवादीहरू बाहेकको स्थिति हो। यसैले ह्वाइट हाउस नियन्त्रित अमेरिकी प्रेसका केही प्रकाशनहरूले रुसमा आतंकवादी हमला, नर्थ स्ट्रिम विस्फोटलगायत गतिविधिहरुमा सामान्यतः आफ्नो जिम्मेवारी अस्वीकार गर्छन् ।

किभतर्फ जिम्मेवारी सारिएको तथ्यलाई नरम प्रियोक्ति, भाषणको आँकडाको रूपमा हेर्नुपर्छ। निःसन्देह यसको अर्थ अर्कै हो, नरमपन्थीहरूले कालोहरूको पहिलो बृहत् चित्र अर्थात् रूसमाथि पूर्ण र तत्काल विजयको पक्षलाइ किभमार्फत औंल्याइरहेका छन् । यी प्रमुख पात्रहरूबीचको सम्बन्ध के हो ? भन्ने निश्चितरूपमा स्थापित गर्न सजिलो छैन । कुनै न कुनै तरिकाले तिनीहरू एकताबद्ध छन्, रुसलाई हराउने, बहु-ध्रुवीय विश्व व्यवस्थामा बाधा पुर्‍याउने र विश्ववादी पश्चिमाको वर्चस्व जोगाउने इच्छामा छन् । अन्य तरिकामा तिनीहरू फरक छन् । तर जे भएपनि तिनीहरू दुई फरक पात्रहरू हुन्। तिनीहरूका दुई फरक दृष्टिकोण र दुई फरक एजेन्डाहरु पनि छन् ।

तिनीहरूबीच कुनै स्पष्ट मर्यादाक्रम छैन, प्रत्येकले आफ्नै मूल्याङ्कन, विधि र सम्भावनाअनुसार आफ्नै मार्ग पछ्याउँछन् । यस्तो लाग्न सक्छ कि पहिलो र दोस्रो गोटीबीचको सन्तुलन एक दिशा वा अर्कोमा आवधिक रूपमा परिवर्तन हुन्छ । फेरि शतरंजको चित्रले यहाँ प्रत्येक गोटी र यसको आफ्नै एल्गोरिदमअनुसार चल्दछ भन्ने बुभ्न हामीलाई मद्दत गर्दछ । एउटा तत्व अभिवृद्धि भएमा द्रूत गतिमा नियमहरूको बेवास्ता गर्दै अगाडि बढ्छ । अन्य पक्षहरूले थप सावधानीपूर्वक घटना वृद्धिलाई नियन्त्रणमा राख्न र प्रक्रिया लम्ब्याउन तयारी गरिरहेका हुन्छन। तिनीहरू पहिले नै प्राप्त परिणामहरू सुरक्षित राख्न प्रयास गर्छन् र प्राकृतिक घटनाक्रममा आफूले चाहेको कुरा प्राप्त गर्ने सम्भावना (सार्वभौम शक्तिको रूपमा रहेको रूसको पतन) लाई अवश्य पनि पश्चिमाहरूले सक्रिय रूपमा सहजीकरण गरिरहन्छन् ।

उदासीन पक्ष

कालोहरूमा तेस्रो प्रमुख-पात्र पनि छ । यो पहिलो दुईभन्दा धेरै कम प्रभावशाली छ र धेरै हदसम्म घटनाहरूको दिशा वा मार्गलाई प्रत्यक्ष प्रभाव पार्ने कामसँग सम्बन्धित पनि छैन । तर यो विद्यमान छ र यसलाई बेवास्ता गर्न सकिँदैन।

हामी ती अमेरिकी राजनीतिक शक्तिहरूको स्थितिको बारेमा कुरा गर्दैछौं जसले विश्वव्यापीकरणसँग अमेरिकी हितहरूको पहिचान गर्दैनन्, एट्लान्टिकवादी भूराजनीतिका नियमहरू (जहाँ समुद्रको एंग्लो-स्याक्सन सभ्यताको मुख्य लक्ष्य भूमिको यूरेशियन सभ्यता अर्थात् सार्वभौम रूसमाथि भएको ठूलो विजय)  मा भर पर्दैनन्, र त्यसैले यो विवेकपूर्ण व्यवहारिक विश्लेषणमा आधारित रही रुसप्रति उदासीन छन्, यसले अमेरिकी राष्ट्रिय हितलाई न त सेनामा न आर्थिक क्षेत्रमा सामान्य रूपमा डर देखाउन सक्छ ।

यदि हामीले पहिलो दुई कालो प्रमुख पात्रहरूले साझा गरेका र तेस्रो समूहले अस्वीकार गरेको अमेरिकी (विश्ववाद), विश्व आधिपत्य र उदारवादका समीकरणलाइ त्याग्यौं भने युक्रेनको युद्धप्रतिको दृष्टिकोण तुरुन्तै परिवर्तन हुन्छ।

यस मनोवृत्तिको सारांश निम्नानुसार छः 

अमेरिकाले यस युद्धमा विल्कुलै चासो राखेको छैन र रुसोफोबिया जुन अमेरिका र युरोपेली नाटो देशहरूलाई आफ्नै कर्पोरेट स्वार्थका लागि एक हतियारको रूपमा प्रयोग गर्ने विश्वव्यापी अभिजात वर्गहरूको निजी स्वार्थसँग जोडिएको छ ।अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्त गरेको अडान पनि यही हो ।  फेरि आफू अमेरिकी राष्ट्रपति भएमा युक्रेनको द्वन्द्व तुरुन्तै समाप्त गर्ने दाबी उनको घमण्ड होइन, बरू धरातलीय यथार्थ हो । एकपटक सामूहिक पश्चिमले रुस विरुद्धको भयंकर शतरंज खेल त्यागेपछि सम्पूर्ण नाटक महत्वहीन हुन्छ। चीनसँगको आर्थिक प्रतिद्वन्द्विताले अमेरिका नै आर्थिक र आप्रवासन संकट आदि जस्ता अन्य गम्भीर समस्याहरूतर्फ अघि बढ्छ।

कालो पात्रहरूमध्ये यो अहिले सबैभन्दा कमजोर स्थिति हो । यसको प्रभाव धेरै सीमित छ । तर सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा यसको प्रभाव बढ्न सक्छ। साथै व्यावहारिक कारणहरूका लागि यो सम्भव छ कि रिपब्लिकनहरू वाइडेनको युक्रेनी नीतिको विरोधमा यस प्रकारको यथार्थवादी तर्कमा फर्कनेछन् । यस्तो स्थितिको पछाडि रसियाको लागि अलिकति पनि सहानुभूति छैन, तर वस्तुगत रूपमा यसले तनावलाई ठूलो मात्रामा घटाउनेछ । यस्तै कठिन् र खतरनाक परिस्थितिलाई न्यूनिकरणतर्फ पनि डोर्याउनेछ ।

रिपब्लिकनहरूमध्ये आफैंमा ट्रम्पको तर्क मात्र होइन, केही नवरुढीबाढीहरुले एट्लान्टिक क्षेत्रको प्रभुत्व पक्षधर विचार समुहको परिदृश्यलाई समर्थन गर्नेछन् । तर अमेरिकी राजनीतिको अन्तर-कर्पोरेट स्वार्थका लागि पहिले नै युक्रेनी कार्ड डेमोक्र्याट र बाइडेनसँग यति दृढ रूपमा जोडिएको छ कि यसलाई चुनाव-पूर्वको विवादमा रिपब्लिकनहरूले लिने सम्भावना छैन ।

त्यसैले सन् २०२३को शरद ऋतुमा र खासगरी रुसले आगामी आक्रमणको व्यवस्थापन गरेमा तेस्रो कालो प्रमुख-पात्रको भूमिका क्रमशः बढ्दै जाने कुरा सावधानीपूर्वक अनुमान गर्न सकिन्छ । सर्वविदितै छ, यथार्थवाद र शक्तिको रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय हितमा आधारित अमेरिकी विदेश नीतिको यस्तो पाठ्यक्रमले अन्य प्रमुख-पात्रहरूको प्रभाव रहने भएपनि शतरंज खेलको रणनीतिलाई कालो पक्षले पूर्णरूपमा परिवर्तन गर्नेछ भन्ने प्रष्ट छ । यो पहिले नै पूर्णरूपमा फरक खेल हुनेछ र यो कुनै संयोग होइन कि कीभको शासनले ट्रम्पसँग सम्बन्धित सबै कुरालाई घृणा गर्छ । रूसप्रति उदासीनताको तेस्रो पक्षको शक्ति र आधुनिक युक्रेनको अन्त्यको अर्थ हुनेछ ।

सेतो प्रमुख-पात्रः तत्काल हारको पक्ष

अब सेता र तिनीहरूका प्रमुख-पात्रहरूमा फर्कौं । यहाँ पनि तीन समान पक्षहरुमा छुट्याउन सकिन्छ । तिनीहरू आंशिकरूपमा कालोहरूको प्रमुख-पात्रहरूसँग मेल खान्छन्, तर केही सन्दर्भमा तिनीहरूसँग भिन्न छन् । तिनीहरूलाई निम्नानुसार नामकरण गर्न सकिन्छः

-रूसको तत्काल पराजयको पक्ष
-रुसको सुस्त हार चाहने पक्ष
-विजयको पक्ष

यो तत्काल पराजयको पक्षले कट्टरपन्थी उदारवादी विपक्षी नाभाल्नीको संरचनाहरू समावेश गर्दछ जुन पूर्णरूपमा प्रत्यक्ष आतंक (दर्या ट्रेपोभा), पुराना राजनीतिक प्रवासी (खोडोरभोव्स्की, कास्पारोभ आदि), नयाँ राजनीतिक आप्रवासी (चुबैस), आर्थिक आप्रवासी (दर्या ट्रेपोवा) आदिका प्रतिनिधिहरू, नयाँ राजनीतिक (चुबैस) का प्रतिनिधिहरू, आर्थिक (फिडमेन, एभेन) ) आदिका प्रतिनिधिहरू, कलात्मक (पुभाकेभा,गाल्किन) आप्रवासी, दुश्मनको सामाजिक ईन्जिनियरिङको शिकार, नो टु वार मुर्दावाद जस्ता नाराबाट सम्मोहित, र अन्त्यमा विभिन्न सरकारी र सामाजिक संरचनाहरूमा पश्चिमका प्रत्यक्ष एजेन्टहरूको बढ्दो सक्रियता, प्रत्यक्ष तोडफोड, DRGs (डीआरजीएस) को व्यवस्थापन गर्ने, शत्रुलाई बहुमूल्य जानकारी प्रदान गर्ने जस्ता क्रियाकलापमा संलग्न छ ।

अब यो प्रमुख-पात्र राजनीतिक रूपमा अस्वीकार्य भएको छ, तर समाजमा यसले गहिरो जरा गाडेको छ । हाम्रो देशको विगत ३० वर्षमा पश्चिमतर्फको प्रत्यक्ष अभिमुखीकरण यति व्यापक छ कि अहिलेसम्म यसको विरोध भनेको हिमशिलाको टुप्पो मात्रै हो ।

नवउदारवादी एजेन्टहरूको सञ्जाल यस उदारवादी सञ्जालको रुसमा फैलिएको छ र कालाहरूले आफ्नो भू-राजनीतिक खेलमा यो सेतो फिगरलाई आफ्नो रणनीतिको मुख्य कारकको रूपमा मान्छन्। यो फिगर केवल औपचारिक रूपमा सेतो हो जसमा तिनीहरू रूसी, अर्धरूसी वा पूर्वरूसीहरू छन् । वास्तविकतामा, भूराजनीतिक अभिमुखीकरणको सन्दर्भमा, उदारवादी र पश्चिमाहरू जसले पहिले नै रूसीपन छाडेका छन् र केहीले अझै छोड्न बाँकि छ, दुवै पक्षले कालापक्षधरहरूको हितको सेवा गर्छन् । यसरी भ्रष्ट घोडचढिहरूले जानाजानी दौडहरू हार्छन् र भ्रष्ट बक्सरहरूले भिडन्त हार्छन् । सेतोको पहिलो प्रमुख-पात्र तत्काल पराजित पक्ष अनिवार्य रूपमा सबै कुरामा कालोको हातमा खेल्छ । र सामान्य रूपमा कालो मात्र होइन तर विशेष गरी कालोको तत्काल विजय पक्ष, पहिलो कालो प्रमुख-पात्र पनि हो । वास्तवमा यो सेतो पात्र कालो गोटीद्वारा नियन्त्रित हुन्छ।

यो स्पष्ट रूपमा एटलान्टिकवादी भूराजनीतिज्ञ स्वर्गीय जेजेन्स्कीद्वारा संकेत गरिएको खेल थियो, मैले भूराजनीतिक शतरंजबारे प्रश्न गर्दा उहाँले शतरंज एकको लागि खेल हो तर दुईको लागि होइन भन्ने जवाफ दिनुभयो  । जेजेन्स्की कालोको लागि खेल्ने तर सेतो गोटिहरू चाल्ने गर्नुहुन्थ्यो।

यो सोसियल मेडिया अनुकुलन SMO (विशेष सैन्य कारबाही) अघि रूसी अभिजात वर्गको अवस्था हो । यसलाइ पश्चिमले शासन गरेको थियो । तर विशेष सैन्य कारबाहीपछि यो मोडेल अझ अस्वीकार्य भयो र सेतो देखिने उदारवादी अभिजात वर्गहरू अन्ततः कालो-शासित फिगरको रूपमा देखा परेका थिए । त्यसैले विशेष सैन्य कारबाहीको पूर्वसन्ध्यामा बेलायती खुफिया एजेन्सी (MI6) का प्रत्यक्ष प्रतिनिधिहरू जस्तै Hristo Groziev (हिस्तो ग्रोजिएभ) आफ्ना मातहतका कर्मचारीहरू (नेभाल्नी र उसका टोलीहरू) सँगसँगै देखा पर्छन् । उदारवादीहरूले आफ्नो मुखौटा फ्याँकिदिए र आफूलाई घातक द्वन्द्वमा शत्रुको प्रत्यक्ष एजेन्ट भएको खुलासा समेत गरे । तथापि, रूसको तत्काल पराजयको पक्षका प्रतिनिधिहरूलाई पूर्णरूपमा पहिचान गरिएको र तदनुसार लेबल गरिएको छ कि छैन भनेर जसले पनि सोच्न सक्छ। स्पष्ट रूपमा ती सबैलाई पहिचान गरिएको छैन। तर यो सम्बन्धित संरचनामा राख्नु पर्ने प्रश्न हो । र यसलाई राम्ररी सम्बोधन गर्न SMERSH (स्मेर्श ) वा दोस्रो विश्वयुद्धताका प्रभावशाली प्रति जासुसी संगठन वा यस्तै केहि पुनर्गठन गर्न आवश्यक हुनेछ । यो ध्यान दिन महत्त्वपूर्ण छ कि सन् १९९० को दशकमा शासक अभिजात वर्गहरू मुख्यतः पश्चिमी कट्टरपन्थी उदारवादीहरु थिए र यद्यपि तिनीहरूमध्ये केहीले पुटिनको सार्वभौम कार्यकालमा इमान्दारीपूर्वक आफ्नो विचार परिवर्तन गरेको अनुभव व्यर्थ हुन सक्दैन।

सुस्त हारको सेतो पक्ष

सेतोको दोस्रो प्रमुख-पात्र स्थगित हारको पक्ष हो। यो रूसी अभिजात वर्गको त्यो अंश हो जसले दोहोरो निष्ठाको दाबी गर्दछ । एकातिर, यो समूह पुटिनप्रति वफादार छ र सार्वभौमिकता र बहुध्रुववादतर्फ उनको अभिमुखिकरणको वैधतालाई मान्यता दिन्छ, जसको मतलब यसले विशेष सैन्य अपरेशनलाई समर्थन गर्दछ र औपचारिक रूपमा विजयको लक्ष्य राख्छ। तर अर्कोतर्फ यस समूहको मुख्य अभिमुखीकरण अझै पनि आधुनिक उदार पश्चिम, यसको संस्कृति, संहिता, प्रविधि, अभ्यास र प्रवृत्ति हो भन्ने मान्दछ । तसर्थ यो प्रमुख-पात्रले पश्चिमसँगको सम्बन्ध विच्छेदलाई विपत्तिको रूपमा हेर्छ र द्वन्द्वको जतिसक्दो चाँडो अन्त्य हुने र पश्चिमसँग टुटेको सम्बन्धलाई पुनःस्थापित गर्ने प्रक्रियाको आरम्भको पूर्वानुमान गर्दछ । 

सेतोको यो दोस्रो प्रमुख पात्रकाअधिकारीहरू विरुद्ध प्रत्यक्ष तोडफोड, जासूसी र आतंकवादी गतिविधिको लागि तयार छैन । यसबाहेक यसले यो मान्दछ कि सार्वभौमसत्ता एक मूल्य हो र यसको पूर्णक्षति भनेको वफादार अभिजात वर्गको रूपमा आफ्नै मृत्यु हो भन्ने कुरा ठान्दछ । तर सुस्त हारको पक्षले रुसलाई सभ्यताको रूपमा हेर्दैन, मोर्चाको लागि सबै त्याग गर्न इच्छुक छैन र पश्चिम बाहिर देशको भविष्य देख्दैन ।

विशेष सैन्य कारबाही यस प्रमुख-पात्रको लागि विपत्ति भएको छ, तर तत्काल पराजयको सेतो पक्षको विपरित यसका प्रतिनिधिहरू पुटिन र देशप्रति वफादार रहन बाध्य छन् । यो रूसी सरकारभित्र एक धेरै गम्भीर र प्रभावशाली समूह हो। यो आंशिक रूपमा कालाहरूका लागि सुस्त विजयको पक्षसँग सम्बन्धित छ। यसका प्रतिनिधिहरूले शान्तिको नाममा पश्चिमबाट आएका सबैभन्दा अप्रिय प्रस्तावहरू स्वीकार गर्नेछन् । तर कालोहरूको लागि तत्काल विजयको पक्षले उनीहरूलाई कुनै मौका नदिने भएकोले, उनीहरू युद्धको लागि काम गर्न र अपरेशनलाई समर्थन गर्न बाध्य छन् ।

भर्खरै प्रकाशित केही अभिजात वर्गका निजी वार्तालापहरूले यस समूहको सोचाइलाई स्पष्ट रूपमा वर्णन गर्दछ । तिनीहरू विजयमा विश्वास गर्दैनन्, तिनीहरू विशेष सैन्य कारबाहीलाई श्राप दिन्छन् तिनीहरू दुःखसाथ पुराना युद्धपूर्व दिनहरूका लागि पछुताउँछन् । तिनीहरू द्वन्द्वको अन्त्य गर्न जुनै पनि शर्तहरू स्वीकार गर्न तयार छन् । एकै समयमा तिनीहरू आधिकारिक रूपमा देशभक्तिपूर्ण अडान लिन बाध्य छन् किनकि यो नै रुसमा राजनीतिक शुद्धताको मानक भएको छ ।

संयुक्त राज्य अमेरिका र पश्चिममा सुस्त विजयको पक्ष सामान्यत: रूसमा ढिलाइ भएको हारको पक्षमा धेरै निर्भर छ किनकि यसले पूर्ण सार्वजनिक परिचालन, एक सुसंगत र एकजुट विचारधाराको घोषणासहित लामो समयदेखि बाँकी रहेका निर्णायक देशभक्ति सुधारहरूलाई सक्रिय रूपमा अवरुद्ध गरिरहेको छ ।

यद्यपि पहिलोको विपरित वास्तवमा सेतो नरहेको यो प्रमुख-पात्र रसियाको पक्षमा रहन्छ । प्रत्यक्ष तथा कडा भिडन्तमा र विशेष गरी शत्रुको अर्को प्रमुख-पात्र (तुरुन्त कालो विजय पक्ष) को सामानामा यसविरुद्ध छेडिएको युद्धको तरिका तथा विधिअनुसार काम गर्न बाध्य हुनेछ ।

जितको पक्ष

सेतोको तेस्रो प्रमुख-पात्र विजयकै पक्ष हो । रूसी समाजमा यसको ठूलो उपस्थिति छ, अर्कोतर्फ यो पछिल्लो समयसम्म शासक वर्गमा निरपेक्ष अल्पमतमा रहेको छ। हामी कट्टर देशभक्त र रुसको मूल सभ्यताका समर्थकहरू, रुसको मिशन र ऐतिहासिक पहिचान, यसको धर्म, जनता, यसको सार्वभौमसत्ताप्रति सहानुभूति राख्ने परम्परागत मूल्यमान्यताका वाहकहरूको कुरा गरिरहेका छौं ।

विशेष सैन्य कारबाहीले विजय पक्षलाई अगाडि ल्यायो र यो यसको मूल्याङ्कन, धारणा र सामूहिक पश्चिमसँगको कट्टरपन्थी द्वन्द्वको व्याख्या हो, जुन वास्तवमा के भइरहेको छ भन्ने आधिकारिक संस्करण हो। दोस्रो सेतो प्रमुख-पात्रका प्रतिनिधिहरू कहिलेकाहीँ जबरजस्ति यो संस्करण दोहोर्याउन बाध्य छन् ।

विजयी पक्ष विशेष सैन्य कारबाहीलाई तार्किक निष्कर्षमा पुर्‍याउन पश्चिमी वर्चस्वको कुनै स्थान नभएको बहुध्रुवीय संसारको रणनीतिक अवस्थालाई दृढतापूर्वक स्वीकार गरी पश्चिमाको विरोधमा अग्रमोर्चामा केन्द्रित छ । यही बृहत् चित्रले पश्चिमसँगको सैन्य द्वन्द्वलाई अर्को विश्व व्यवस्थाको लडार्इमा निर्णायक क्षणको रूपमा र रुसको ऐतिहासिक मिशनको पूर्तिको रूपमा हेर्ने गर्छ । विजय पक्षले द्वन्द्वलाई परिस्थितिजन्य टकराव वा क्षेत्रीय विवादको रूपमा नभई सभ्यताको युद्धका रूपमा हेर्छ।

त्यसैले रूस, राज्य र समाजले विजयको लागि सबै आवश्यक उपायहरू प्रयोग गर्नु पर्दछ, कुनै पनि मूल्य तिर्नुपर्छ । विशेष सैन्य कारबाहीको शुरूवात बिनाकारण रूसको सार्वभौमिकता र ऐतिहासिक अस्तित्वको लागि अन्तिम लडाई बनेको थियो । त्यसैले तत्काल देशभक्तिपूर्ण सुधार, सरकार र समाजको पूर्ण परिचालन आवश्यक छ । यस पक्षको दृष्टिकोणबाट रसियामाथिको खतराको गम्भीरतालाई ध्यानमा राख्दै विशेष गरी नकारात्मक शत्रुताको स्थितिमा आणविक हतियारहरूको प्रयोग छलकपट नभइ चैतन्य स्वरूपमा जायज छ भन्ने मान्दछ ।

सेतो ध्रुव अहिलेसम्म प्रभावशाली अभिजात वर्गका लागि मूल्यवान छैन । सुस्त पराजयको पक्षले यसलाई धेरै प्रशासनिक सन्दर्भमा पछाडि पार्ने गरेको छ । त्यसले विजय पक्षको पल्ला निरन्तर भारी हुँदै गएको छ र रूसमा आधिकारिक बहसको स्तरमा यसको कार्यक्रम, रणनीति र परिस्थितिको मूल्याङ्कन मानक मानिने गरेको छ । जे भएपनि भूराजनीतिक शतरंजको यो प्रमुख पात्र भिन्न र  स्पस्टरुपमा उपस्थित छ।

एकीकरण

अब कर्ताहरूलाई हाम्रो प्रस्तावित वर्गीकरणलाई कटौती गरी सामान्य योजनामा काम गर्न दिऔं। 

प्रत्येक प्रमुख पात्रमा के भइरहेको छ भन्ने कुराको स्पष्ट चित्र हुन्छ जसमा अन्य सबै तथ्याङ्कहरू सैद्धान्तिकरूपमा सहमत हुन्छन् । तिनीहरूले सबै निश्चित एल्गोरिदमअनुसार कार्य गर्छन्, जुन टकरावको उद्देश्य संरचनामा लेखिएको छ र जसको बारेमा तिनीहरूसँग कुनै भ्रम छैन । कसले र के उद्देश्यका लागि लडिरहेको छ भन्ने सबैले बुझेका छन् ।

युक्रेन मात्रै एक  त्यो क्षेत्र हो जस्तो कि यो शतरंजबोर्डका लागि आफ्नै विशेषतासहित केवल एउटा भूगोल, भूदृश्यावली, भूपद्दतीसहितको यो एक विशुद्ध पृष्ठभूमि हो । यो न त चित्र हो, न त विषय नै । सबै कुरा यसको बाहिर परवाह नगरी निर्णय गरिन्छ । सैन्य, राजनैतिक, आर्थिक, सामाजिक, कूटनीतिक, सूचना र प्राविधिक प्रक्रियाहरू घनिष्टरूपमा अन्तरसम्बन्धित छन् । यसले युद्धको निरन्तरताको बावजुद व्यवस्थित प्रणाली बनाउँदछ । यी प्रणालीहरू कसरी निर्माण गरिएका छन् र कसरी तिनीहरूका विभिन्न भागहरू आपसमा जोडिएका छन् भनेर बुझ्न सबै ६ प्रमुख-पात्रहरू हेर्न सकिन्छ। तर वस्तुनिष्ठ भूराजनीतिक ढाँचासँगको यो सामान्य सहमति अब अगाडि बढ्दैन । निर्णय प्रक्रियामा प्रत्येक विषय आ-आफ्नै तर्कअनुसार अघि बढ्छन् र यस अभियानको वास्तविकता निश्चित परिस्थितिहरूमा सम्पूर्ण चित्र परिवर्तन गर्न सक्षम हुन्छन् ।

उदाहरणका लागि, रूसमा आंशिक  परिचालनको निर्णय, यसको समय र यसको विवरणले सम्पूर्ण प्रणालीलाई असर गर्छ । नि:सन्देह रूसमा सुस्त हारको पक्ष सामूहिक पश्चिमसँग राम्रोसँग प्रतिध्वनित भयो ,तर एक समयमा यी घटनाहरू फरक गतिमा प्रकट हुन थाले । यो युद्धका अन्य प्रमुख निर्णयहरूः आक्रमण, प्रत्याक्रमण, प्रतिरक्षा, आतंकवादी हमला, शत्रुको रुसी इलाकामा सैन्य र नागरिक क्षेत्रमा बमबारी इत्यादिमा पनि लागू हुन्छन् । स्थितिको असमानता यो छ कि यस युद्धमा वास्तविक शत्रुको क्षेत्र पश्चिमा गठबन्धन अहिलेको लागि पूर्णरूपमा सुरक्षित छ, जबकि रूसको क्षेत्रमा दुश्मनले आक्रमण गरिरहेको छ । उदाहरणको लागि क्रेमलिनमा भएको हालैको UAV(युएभी) ड्रोन आक्रमण । 

यस रेखाचित्रमा, हामी तीनवटा कालो ध्रुवहरूको एकअर्कासँगको अन्तर सम्बन्धलाई थप विश्लेषण गर्न सक्छौं, र यसले हामीलाई अमेरिकाको विद्यमान राजनीतिक अवस्था र नाटो देशहरू युरोप र टर्कीमा थप माध्यमिक प्रक्रियाहरूलाई ध्यानमा राख्दै  समग्र गतिविधिले विद्यमान अवस्थाको स्पष्ट चित्र दिन्छ । हामी यी तीनवटा सेता प्रमुख-पात्रहरूको सम्बन्ध र सन्तुलनलाई पनि हेर्न सक्छौं। फेरि, पहिले नै रूसभित्र एक निश्चित र उही राजनीतिक अभियानसँग जोडिएको गतिशीलता छ । रुसमा त्यस प्रकारले जोडिएका गतिविधि कहिल्यै भएनन् । अन्त्यमा कसरी एक पक्ष (कालो पक्ष)को प्रत्येक ध्रुवद्वारा सुरु गरिएको दृष्टिकोण, निर्णय र कार्यहरु अर्को (सेतो पक्ष) को समान दृष्टिकोण, निर्णय र कार्यहरुसँग  अन्तरसम्वन्धित छ भनि विश्लेषण गर्ने सम्भावना रहन्छ । तर यसको लागि अर्को थप विस्तृत विश्लेषण आवश्यक छ।

अहिलेका लागि यो शतरंज युद्धको मुख्य प्रमुख-पात्रहरू प्रकाश पार्न र संक्षिप्त रूपमा वर्णन गर्न पर्याप्त छ, जुन मानवताको अन्तिम युद्ध बन्न सक्छ । सबै कुरा तिनीहरूको अन्तरक्रिया, तिनीहरूको सम्बन्ध, तिनीहरूको विषय र विषयवस्तुको भरण, तिनीहरूको इच्छा, दृढता, स्रोत र तिनीहरूको धरातलीय यथार्थको भित्री विश्वास यी तथ्याङ्कहरूमा निर्भर हुने गर्दछ ।