टकर कार्लसनले लिएको अन्तरवार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ?

टकर कार्लसनको अन्तर्वार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ? आउनुहोस् हामी यस बिषयमा सरल भागबाट छलफल सुरु गरौं: रूस । यहाँ टकर कार्लसन रूसी समाजभित्र दुई विपरीत ध्रुवीयहरूको लागि एक केन्द्रबिन्दु बनेका छन् : वैचारिक देशभक्तहरू र कुलीन पश्चिमाहरू जो अझै पनि पुटिन र विशेष सैन्य अपरेसनप्रति वफादार रहन्छन् । देशभक्तहरूका लागि टकर कार्लसन 'हामीमध्ये कै एक' हुन् । उनी परम्परावादी, दक्षिणपन्थी रुढिवादी र उदारवादका कट्टर विरोधी हुन् । उनी एक्काइसौं शताब्दीका रुसी जारका दूतहरू जस्तै देखिन्छन् ।

पुटिन अक्सर आधारभूत रूढिवादी खेमाका प्रमुख प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दैनन् । क्रेमलिनले उनलाई दिएको ध्यानले देशभक्तको हृदयलाई प्रज्वलित गर्दछ। रूसमा नै रूढिवादी-परम्परावादी पाठ्यक्रमको निरन्तरतालाई प्रेरित गर्दछ। अब यो सम्भव र आवश्यक छ: रूसी शक्तिले आफ्नो विचारधारा परिभाषित गरेको छ। हामी यो बाटोमा अघि बढेका छौं र यसबाट विचलित हुनेछैनौं । यहाँ सम्म कि हामी बाटो विराउँछौ कि भनेर देशभक्तहरु डराएका हुन्छन् । तर उनीहरु विचलित हुने छैनन् ।

अर्कोतर्फ पश्चिमाहरूले राहतको सास फेरे: हेर्नुहोस् पश्चिममा सबै कुरा खराब छैनन् र त्यहाँ राम्रा र वस्तुनिष्ठ व्यक्तिहरू छन्, हामीले तपाईंलाई भन्यौं ! आउनुहोस् हामी त्यस्ता पश्चिमासँग मित्रता गरौं, पश्चिमाहरूका बारेमा  सोचौं । यहाँ सम्म कि बाँकी वैश्विक उदारवादी पश्चिमाहरू मित्र बन्न चाहँदैनन् तर उनीहरु हामीमाथि प्रतिबन्धहरू लगाउँछन्, क्षेप्यास्त्रहरू र क्लस्टर बमहरूद्वारा हाम्रा महिला, बच्चाहरू र वृद्धहरूको हत्या मात्र गर्छन् । हामी उदारवादी पश्चिमसँग युद्धमा छौं।  त्यसैले हाम्रो कमसेकम रूढिवादी पश्चिमासँग मित्रता होस् । यसैले रूसी देशभक्तहरू र रूसी पश्चिमाहरू (बढ्दो अधिक रूसी र कम पश्चिमी) टकर कार्लसनको आकृतिमा आम सहमतिमा आउँछन् ।

पश्चिममा सबै कुरा अझ बढी मौलिक छ । टकर कार्लसन एक प्रतीकात्मक व्यक्ति हुन् । बाइडेन उदारवादी र वैश्विकवादीहरूलाई घृणा गर्ने र ट्रम्पलाई भोट हाल्ने तयारीमा रहेका अमेरिकीहरुको उनी मुख्य प्रतीक नै हुन् । ट्रम्प, कार्लसन र मस्कका साथै टेक्सासका गभर्नर एबोट अमेरिकी क्रान्तिका अनुहार हुन् । यसमा पहिले देखिनै शक्तिशाली स्रोतका रुपमा रसिया जोडिएको छ । अहँ यो पुटिनले ट्रम्पलाई समर्थन गर्ने कुरा होइन। जसलाई संयुक्त राज्य अमेरिकासँगको युद्धको सन्दर्भमा सजिलै खारेज गर्न सकिन्छ। कार्लसनको भ्रमण अर्कै कुराको बारेमा हो। बाइडन र उनका उन्मादीहरूले कीभका आतङ्ककारीहरूको हातबाट एक महान् आणविक शक्तिमाथि प्रभावकारी आक्रमण गरेका छन् र मानवता विनाशको संघारमा छ। केही पनि बढी छैन,केही कम छैन ।

वैश्विक सञ्चारमाध्यम शिशुहरूको लागि मार्वल श्रृंखला स्पिन गर्न जारी राख्छ। जहाँ स्पाइडर-म्यान जेलेन्स्कीले क्रेमलिनका डा.एभिल' विरुद्ध महाशक्ति र जादुगर सुँगुरहरूका साथ जादुमय  रूपमा विजय हाँसिल गर्दछन् । जहाँसम्म मलाई लाग्छ यो केवल एक सस्तो, फन्टुस् श्रृंखला हो । वास्तवमा सबै कुरा आणविक हतियारको प्रयोग र सम्भवतः मानवताको विनाशतर्फ गइरहेको छ। टकर कार्लसनले वास्तविकता चेकजाँच गर्छन्: के बुझ्छ पश्चिमले ? यसले  के गरिरहेको छ र उसले विश्व सर्वनासतर्फ धकेलिइरहेको भनेर  बुझ्छ ?  मार्वलबाट यी मंचन पात्रहरू र सेटिङहरू होइन ।  त्यहाँ एक वास्तविक पुटिन र एक वास्तविक रूस छ। हेर्नुहोस्,  वैश्विकवादीहरूले के गरेका छन् र हामी यसको कत्तिको नजिक छौं !

यो पुटिनसँगको अन्तर्वार्ताको विषयवस्तुको सन्दर्भमा होइन । यो तथ्य हो कि टकर कार्लसन जस्ता व्यक्ति यस्तो संकटको समयमा पुटिन जस्तो राजनीतिक व्यक्तित्वलाई भेट्न रूस जस्तो देशमा जाँदैछन् । टकर कार्लसनको मस्को यात्रा मानवताको लोप रोक्नको लागि अन्तिम मौका हुन सक्छ। आफैंमा मानवीय यस निर्णायक सातक्षात्कार अन्तर्वार्तामा विशाल अरब-जनताहरुको गहिरो ध्यान, साथै बाइडेनको उन्मादपूर्ण, अमानवीय क्रोध, वैश्विकतावादीहरू र पतनको नशामा लिप्त विश्वका नागरिकहरूको उन्मादि,यस्तो गम्भीरताको स्थितिले मानवता चेतनाको पुष्टि दिन्छ ।

अहिले रोकेर मात्र संसारलाई बचाउन सकिन्छ । त्यसका लागि अमेरिकाले ट्रम्पलाई रोज्नुपर्छ । र टकर कार्लसन, एलन मस्क र एबोटलाइ पनि रोज्नुपर्छ । त्यसपछि हामी अथाह खाडलको किनारमा थाम्ने मौका पाउँछौं। यसको तुलनामा अन्य सबै कुरा गौण छ। उदारवाद र यसका एजेन्डाले मानवतालाई मृत अवस्थामा पुर्याएको छ । अब विकल्प  या त उदारवादी वा मानवता  छ । टकर कार्लसनले मानवता रोजेका कारण उनी पुटिनलाई भेट्न मस्को आएका हुन। उनी  किन आए र यो कति महत्त्वपूर्ण छ भनेर सारा संसारले बुझेको छ ।

अनुवादक: मोहनप्रसाद ज्ञवाली