सबैका लागि एक- हाम्रा नायकहरू कुन देशमा फर्कनेछन् ?
Primary tabs
![सबैका लागि एक- हाम्रा नायकहरू कुन देशमा फर्कनेछन् ?](https://www.4pt.su/sites/default/files/styles/large/public/main/articles/gelios.ra_russian_heros_of_special_military_operation_913a7dd9-d473-40e0-b5e4-1b732e42c081_1.png?itok=n2VJ5rO9)
सबैले बुझेका छन् कि स्पेशल मिलिटरी अपरेसन (एसएमओ) को मोर्चामा रूसको एक नयाँ अभिजात वर्ग को निर्माण भइरहेको छ। यो बहादुरी (हेगेल) को सम्पदा हो। जुन राज्यलाई रिबूट गर्न हो । यो स्पष्ट छ कि मोर्चामा युद्ध नायकहरू पहिले नै भविष्यका स्तरहरूमा विभाजित छन्; शुद्ध योद्धाहरू, कमान्डरहरू, आविष्कारकहरू, सर्जकहरू, रणनीतिकारहरू र अर्थशास्त्रीहरू विभाजित छन् । यसमा विचारकहरूको गठन पनि सम्पत्तिमा समावेश छ। तिनीहरूका एक उज्ज्वल प्रतीक व्लादलेन तातारस्की थिए। आज धेरै मानिसहरू फ्रन्ट-लाइन दार्शनिक कोरोबोभ-ल्याटिन्सेभको वरिपरि र्याली निकाल्ने गर्छन् ।
त्यहाँ युद्धको दर्शनले आकार लिइरहेको छ । संक्षेपमा दर्शनको एक नयाँ संस्था एसएमओको मोर्चामा जन्मिएको छ किनकि यो हुनुपर्दछ (र नीलो आँखा गद्दारहरूको भेला होइन)। हाम्रो पवित्र रूसी युद्धको आध्यात्मिक पक्षहरू बुझ्नु र सार्वभौमिक प्रकाशको आदर्शहरूको लागि लड्नुले हामीलाई न्यायसंगत र जिम्मेवारीपूर्वक नयाँ समाजमा सबैका लागि स्थान पहिचान गर्न अनुमति दिन्छ। यो समाजले आफ्ना मानिसहरूलाई सेनाको रूपमा हेर्छ । जसले आत्मा र शरीर दुवैलाई मूर्त रूप दिन्छ। यस प्रक्रियालाई उच्च स्तरबाट सुरु गर्नु र मृत्युको अन्तिम बलिदानद्वारा साहस र सम्मानलाई प्रमाणित गर्नु महत्त्वपूर्ण छ। यसले सबैभन्दा प्रामाणिक पदानुक्रम सिर्जना गर्दछ । जहाँ ढोंग र छलको कुनै स्थान छैन। युद्धमा अस्तित्वको सार अग्रस्थानमा आउँछ र अस्तित्वको वास्तविक प्रकृति प्रकट गर्दछ ।
अस्तित्वको आधारमा सेनाको पुनर्संरचना गरेर मात्र विजय हासिल गर्न सकिन्छ । यो प्राविधिक कुरा होइन । विजय सधैं र सबैभन्दा माथि आत्माको जित हो। यदि हामीले घरेलु मोर्चामा विजय हासिल गर्न सकेनौं भने सबै व्यर्थ हुनेछ। घरको मोर्चाको लागि एक नयाँ दर्शन आवश्यक छ। जब हाम्रा नायकहरू अगाडिबाट फर्कन्छन् अनि उनीहरूले आफूलाई अपेक्षा गरेभन्दा फरक समाजमा भेट्टाउनेछन्। यो परिवर्तन अपरिहार्य छ तर गृहमोर्चाको प्रमुखहरूको एक महत्त्वपूर्ण मिशन छ। याे मिसनले समाजको मनोवृत्तिलाई रूपान्तरण गर्न हो ताकि यसले नयाँ अभिजात वर्गलाई स्वागत गर्न सकोस्। आम जनसंख्याले सम्भवतः ठूलो मुद्दा खडा गर्नेछैन । तथापि विजयी रुसी सैनिकहरूलाई अभिवादन गर्ने समाजमा राष्ट्रको नियति निर्भर छ भन्ने कुरा सरकारले बुझ्नु अत्यावश्यक छ। स्पष्ट छ कि राज्यको विकास हुनैपर्छ। यो जस्तो थियो वा अहिले जस्तो छ त्यस्तै रहन सक्दैन। यो बिल्कुलै नयाँ कुरा बन्नुपर्छ।
यस दर्शनले नयाँ प्रकारको रूसी राज्यको सिर्जनाको लागि आह्वान गर्दछ । जुन राज्य पुनरुत्थान,उच्च र न्यायोचित छ। शिक्षा,विज्ञान र संस्कृतिको सुधारबाट सुरु गरेर अब यो राज्यको जग बसाल्नुपर्छ । यी क्षेत्रहरूलाई रुसले पश्चिमविरुद्ध सञ्चालन गरिरहेको पवित्र युद्धको भावनासँग तुरुन्तै जोड्नु पर्दछ र समक्रमण गर्नुपर्दछ। यो युद्धको उद्देश्य सबैले बुझ्नु आवश्यक छ । दुवै लडिरहेका हरू र गृह मोर्चामा बस्नेहरूले उद्देश्य बुझ्नु आवश्यक छ। कुनै पनि भ्रम वा शङ्काले विनाशकारी परिणामहरू निम्त्याउन सक्छ ।
चाहे तिनीहरू घाइते हुन् वा नहुन्, जब सैनिकहरू युद्धबाट फर्कन्छन् अनि समाजले उनीहरूलाई उचित सम्मानका साथ स्वागत गर्नु आवश्यक छ। तिनीहरूले मृत्युको प्रत्यक्ष सामना गरेका हुन् र तिनीहरूले लडेका कारणहरूसित सम्बन्धित अन्याय, भ्रष्टाचार, मूर्खता, अशिष्टता वा निन्दाप्रति कुनै सहनशीलता छैन। लडाकु र नायकका रूपमा उनीहरू आफू र आफ्ना सँगी सिपाहीहरूका लागि मात्र होइन कि राष्ट्र, यसको इतिहास, राज्य, धार्मिक विश्वास र मूल मूल्यहरूको लागि पनि सम्मानको माग गर्छन्। फलस्वरूप तिनीहरू यी सिद्धान्तहरूलाई साँच्चै प्रतिबिम्बित गर्ने राज्यको निर्माण र विकास गर्न मात्र प्रतिबद्ध हुनेछन् ।
युद्धमा आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू जसको बलिदान अपरिवर्तनीय छ । उनीहरूले यस्तो संसारमा बाँच्न सक्षम हुनुपर्दछ जहाँ मृतकका सम्झनाहरू आदरणीय छन् । यस्तो संसारमा जुन आदर्शका लागि तिनीहरूको जीवन दिइएको थियो त्यो केन्द्रीय हुनुपर्दछ । जसले अन्तिम लक्ष्यको रूपमा सेवा गर्दछ र एक नैतिक अनिवार्यता जसले समाजलाई मार्गदर्शन गर्दछ ।
सोभियत संघ सम्भवतः हारको कारणले मात्र होइन, अफगानिस्तानमा यसको संलग्नताको कारण पतन भएको थियो । तर फर्केका नायकहरूले आफूलाई उनीहरूको बलिदानप्रति उदासीन समाजमा फेला पारेका थिए । उनीहरूले लडेका मूल्य र आदर्शहरूले उनीहरूको अपील र प्रेरणा गुमाइसकेका थिए। त्यस्तै गरी प्रथम विश्वयुद्धपछि जर्मनीको पतन भयो जसले गर्दा एउटा अँध्यारो शक्तिको उदय भयो र फलस्वरूप युरोपका लागि रक्तपातपूर्ण दुःस्वप्न देखापऱ्यो। फलस्वरूप यो विशेष गरी चुनावपछि महत्त्वपूर्ण छ । वास्तविक व्यापक देशभक्ति सुधारहरू सुरु गर्न पनि यो आवश्यक छ किनकि तयारी पहिले नै चलिरहेको छ र धेरै क्षेत्रहरूले प्रक्रिया सुरु गरिसकेका छन् ।
दशकौंसम्म रूसले आफ्नो उदार मूल्य, अभ्यास र प्रविधिहरू अपनाउँदै पश्चिमी संसारसँग एकीकृत गर्ने लक्ष्य राखेको थियो । जसले अन्ततः रूसलाई विशेष गरी नैतिकता,भावना र पहिचानको मामलामा कमजोर बनायो। उत्तरआधुनिकतावाद, टेक्नोक्रेसी र व्यक्तिवादको आलिंगनले संस्कृति, विज्ञान र शिक्षालाई नष्ट गरेको छ । लोकतन्त्रीकरण र उदारीकरणको नाटकले राज्यको जग, परम्परागत मूल्य मान्यता र सभ्यतागत पहिचानलाई क्रमशः कमजोर बनाउँदै लगेको छ ।
यस मार्गमा निरन्तर लागिरहनुलाई अहिले हाम्रा शत्रुहरूको स्वार्थपूरा गर्ने विश्वासघातको रूपमा हेरिएको छ। केही प्रभावशाली व्यक्तिहरूले वास्तवमा राष्ट्रको हितविपरीत काम गरिरहेका थिए भन्ने कुरा स्पष्ट भएको छ। चुनौती व्यक्तिका लागि मात्र होइन, प्रचलित सामाजिक दर्शनलाई परिवर्तन गर्नु हो जसले पश्चिमी विचारधाराहरूलाई रूसी एकता, पहिचान र राज्यको दर्जालाई कमजोर पार्न अनुमति दिएको छ। विगत तीन दशकमा मानविकी र सांस्कृतिक शैलीमा उदारवादी संहितातर्फ परिवर्तन आएको छ जसलाई अब निर्णायक रूपमा सम्बोधन र उन्मूलन गर्न आवश्यक छ ।
अबको मिसन भनेको देशभक्तहरूले समाजलाई रूपान्तरण गर्नु हो ताकि यो विजयको खोजीमा एकजुट होस् । यो सुनिश्चित गर्दछ कि फर्केका योद्धाहरूले उनीहरूको देशले उनीहरूको बलिदानको कदर गरेको महसुस गरोस्। उनीहरूको लक्ष्य भनेको गर्वका साथ आफ्नो समाज,सरकार र देशमाथि दाबी गर्नु हो। उनीहरूको प्रयास र बलिदानलाई मान्यता दिनुपर्दछ । उनीहरू जनताको एक भागको रूपमा एक विजयी राष्ट्रको अवतार हुन् भन्ने पुष्टि गर्दै उनीहरूको प्रयास र बलिदानलाई विशिष्ट मान्यता दिनुपर्दछ ।