"पुटिनले सम्पूर्ण युक्रेन चाहन्छन्": ट्रम्पको अभिव्यक्तिबारे दुगिनको विश्लेषण !

अलेक्जेन्डर दुगिनले ट्रम्पको आवेगलाई यसरी व्याख्या गर्छन्: ट्रम्प एकातिर विश्वव्यापी सत्तावादीहरू (वैश्वीकृतावादी हक्स) र अर्कोतिर आफ्नै अन्तर्ज्ञानबीच फसेर युक्रेनलाई मुक्त गर्ने रूसको पवित्र दायित्वको महत्त्वलाई बुझेता पनि उनी त्यसको विरुद्धमा नै उभिरहेका छन्।

ट्रम्पको यो भनाइले पुटिन 'आगोसँग खेलिरहेका छन्' असहज लाग्छ। तर मुख्य समस्या अमेरिकी नेताहरू हाम्रा राष्ट्रपतिको गतिविधि वा योजनाले चिन्तित बनाएको होइन। वास्तविक कुरा के हो भने, जब ट्रम्प युक्रेन समस्यामा गम्भीर रूपमा संलग्न भए, तब उनी यसका अन्य पक्षहरू पनि बुझ्न थाले।"

त्यसैगरी, ट्रम्पले आफ्नो पोस्टमा लेखेका कुरा (जुन हाम्रो मिडियामा व्यापक रूपमा उद्धृत गरिएको छैन)मा केही महत्वपूर्ण शब्दहरू थिए:

पुटिन "सारा युक्रेन चाहन्छन्।"

तर यसलाई यसरी बुझ्नुपर्छ: पुटिन सम्पूर्ण युक्रेनलाई नाजी शासनबाट मुक्त गर्न चाहन्छन्। यही सन्दर्भमा भन्नुपर्दा, उनले सारा युक्रेन नाजि मुक्त चाहेका हुन्। ताकि त्यहा कुनै पनि नशाको सम्भावना नहोस्, जहाँ कुनै नव-नाजी, आतंककारी, उग्रवादी समूहले अवैध रूपमा सत्ता कब्जा गरिरहोस। यो भू-भाग जुन हाम्रो ऐतिहासिक, सांस्कृतिक, भू-राजनीतिक, र राजनीतिक एकताको हिस्सा हो। अन्य शब्दमा भन्ने हो भने, यो हाम्रो आन्तरिक विषय हो।

ट्रम्प साँच्चै नै युद्ध रोक्न चाहन्छन्, र मेरो दृष्टिमा यसमा कुनै कपट वा असत्यता छैन। तर, उनले यो बुझ्न सकेका छैनन् कि यो कस्तो प्रकारको युद्ध हो। सुरुमा उनले यसलाई “बाइडेनको युद्ध” भनेका थिए; अहिले उनी यसलाई “बाइडेन, जेलेन्स्की र पुटिनको युद्ध” भन्छन्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले यो बुझेका छन् कि यो उनीसँग सम्बन्धित युद्ध होइन। तर पनि, उनी यसमा संलग्न छन्। अझै, विविध विश्वव्यापी सञ्जालहरू(वैश्वीकतावादी वृत्तहरू, नियोकन्स (नव-रूढिवादीहरू) ले उनलाई 'अरुको' युद्धमा सहभागी भइरहन दबाब दिइरहेका छन्। जसबाट उनलाई केवल समस्याहरू मात्र प्राप्त हुनेछन्।

त्यसैले, उनी यो युद्ध अन्त्य गर्न साँच्चिकै चाहन्छन्, यद्यपि कसरी भन्ने उनलाई थाहा छैन। जब उनी यस विषयमा गहिरिएर बुझ्न प्रयास गर्छन्; को-को लडिरहेका छन्? किन लडिरहेका छन?, कसका के-के योजना छन्? प्रचारबाजीभन्दा पर गएर हेर्दा, उनलाई व्याख्या गरिए भन्दा सम्पूर्ण रूपमा फरक यथार्थको तस्वीर देखिन्छ। उनलाई थाहा हुन्छ कि यो विषय अत्यन्त गम्भीर छ र साँच्चै नै यहाँ यस्ता "रेडलाईन" छन्, जुन हामी रूसीहरूले कहिल्यै पार गर्नेछैनौं। युक्रेनलाई नाजी शासनबाट मुक्त गर्नै पर्छ; यो पूर्ण रूपमा फरक स्वरूपमा रूपान्तरण हुनुपर्छ। जबसम्म त्यो मौलिक परिवर्तन हुँदैन, युद्धको अन्त्य हुनेछैन।

तर ट्रम्प चाहन्छन् कि युद्ध सकेसम्म चाँडो अन्त्य होस् र उनी चारैतिरबाट (विशेष गरी आफूलाई घृणा गर्ने व्यक्तिहरूदेखि)भीषण दबाबमा छन्। म्याक्रोन, स्टार्मर, क्यानडाको नेतृत्व (हालै निर्वाचित प्रधानमन्त्री कार्नी पनि ट्रुडोजस्तै उदार छन्), मर्ज, अमेरिकामा रहेको उही डेमोक्रेटिक पार्टी, सबै विश्वव्यापीकरण समर्थकहरू, ‘डीप स्टेट’—यी सबैले ट्रम्पलाई यो युद्धमा सहभागी गराउन चाहन्छन् र रुसविरुद्ध तनाव चर्काउन चाहन्छन्। यसरी उनीहरू आफ्ना दुई मुख्य शत्रुहरू(पुटिन र ट्रम्प) दुवैलाई कमजोर पार्न चाहन्छन्।

अवश्य पनि, ट्रम्पले यो कुरा नबुझ्ने त होइन। तर उनी अत्यन्त कठिन परिस्थितिमा परेका छन्। उनी यस्तो युद्ध रोकिन सकोस् भन्ने चाहन्छन्, जुन वर्तमान अवस्थामा रोकिने सम्भावना देखिँदैन। तर उनी अहिलेसम्म हाम्रो सर्तहरू स्वीकार्न तयार छैनन्। किनभने उनी अझै 'परिपक्व' भएका छैनन् र सम्पूर्ण विषयवस्तु स्पष्ट रूपमा बुझेका छैनन्। चारैतिरबाट—महसुल नीतिहरू, घरेलु नीति, न्यायपालिका (जसलाई अहिले सोरोस सञ्जालले नियन्त्रणमा लिएको छ) द्वारा उनका हरेक निर्णय अवरुद्ध हुनु जस्ता निराशाजनक परिस्थितिहरूमा उनी कुनै पनि मोर्चामा सफलता नदेखेपछि, हाम्रो विरुद्ध आक्रोशित भइरहेका छन्।

फलस्वरूप, हाम्रो नेतृत्वले ट्रम्पले रुसप्रति दिएको अप्रिय, कठोर र कूटनीतिक मर्यादाविहीन अभिव्यक्तिप्रति धेरै ध्यान दिएन र यसलाई केवल एक तनावग्रस्त क्षणको आवेगमात्र मान्यो। त्यही कुरा हो जस्तो देखिन्छ। तर, अर्कोतर्फ, यो कुरा स्पष्ट रूपमा बुझ्दछन कि हामीलाई सम्पूर्ण युक्रेन चाहिएको छ, तर उनि हामीलाई त्यो दिन पूर्ण रूपमा तयार छैनन। यही मूल समस्या हो।

समयले सबै कुरा निको पार्छ। मलाई विश्वास छ, ट्रम्प र पुटिनबीचको योजनामा गरिएको शिखर सम्मेलनले धेरै कुरा सुल्झाउनेछ। त्यो व्यक्तिगत संवादमा युक्रेनको मुद्दा सम्भवतः केन्द्रीय विषयबाट परिधिमा सर्न सक्छ। हामीसँग अझ धेरै महत्वपूर्ण र आपसी चासोका विषयहरू छन्। रुस, अमेरिका र चीन (तीन सभ्यतामूलक राष्ट्रहरू) ले नयाँ बहुध्रुवीय विश्वमा आफ्नो प्रभाव क्षेत्र परिभाषित र बाँडफाँड गर्न आवश्यक छ। मेरो विचारमा, ट्रम्प र पुटिनले यिनै विषयमा कुराकानी गर्नु उपयुक्त हुनेछ। युक्रेनजस्तो विषय त्यस्तो स्तरमा गम्भीर छलफलको विषय होइन।

त्यसैले म यस्ता तीखा टिप्पणीहरूतर्फ ध्यान दिदैन, ठीक त्यस्तै जसरी हाम्रो राष्ट्रपति बुद्धिमत्तापूर्वक, विवेकपूर्ण रूपमा र प्रभावकारी ढङ्गले गरिरहनु भएको छ। ट्रम्पका अशिष्ट शब्दप्रयोगलाई लिएर हामीले विषयलाई झन् जटिल बनाउनु हुँदैन। हामी आफ्नो मूल्य थाहा पाउने महान शक्ति हौं र अरूले पनि अन्ततः त्यो बुझ्नेछन्।

अहिलेको मुख्य आवश्यकता भनेको यो गर्मीमा एक प्रभावशाली र विश्वसनीय सैनिक अभियान सञ्चालन गर्ने तयारी गर्नु हो। जसबाट सकेसम्म धेरै ऐतिहासिक रूसी भूमिहरू मुक्त पार्न सकियोस् र हाम्रो भूभागमा शत्रुको कुनै पनि घुसपैठ हुन नदिइयोस्। यदि हामी यसमा सफल भयौं भने, ट्रम्पले पनि क्रमशः हामीलाई भिन्न दृष्टिकोणबाट हेर्न थाल्नेछन्। तर त्यो भन्दा पहिला, हामीलाई एक निर्णायक सैनिक विजय चाहिन्छ त्यो प्रभावशाली, सफल, शक्तिशाली र व्यापक होस्। त्यही विजयपछि मात्र संवादको स्वरूप परिवर्तन हुनेछ।

ट्रम्पका धम्कीहरूका विषयमा भने, यस्ता कुरा हामीले पहिले पनि धेरै पटक सुनेका छौं। बाइडेनबाट, युरोपेली सङ्घबाट। मौलिक रूपमा, उनको भन्न खोजेको अर्थ यस्तो छ कि कुनै निश्चित परिस्थितिमा रूसले अमेरिकाबाट परमाणु आक्रमण प्राप्त गर्न सक्छ। तर अमेरिकाले पनि रूसबाट परमाणु आक्रमण प्राप्त गर्न सक्छ। यो कुरा अस्वाभाविक छ र म चाहन्छु कि यस्ता धम्कीहरू पूर्ण रूपमा बन्द गरियोस्। यो कुनै गम्भीर छलफल होइन। ट्रम्प त्यो व्यक्ति होइनन् जो बाइडेनको वैश्वीकतावादी नीतिको सबैभन्दा खराब परिदृश्यलाई अन्धाधुन्ध पछ्याउँछन्। जुन डीप स्टेटद्वारा निर्देशित छ। मेरो विचारमा, यस विषयलाई बन्द गर्नुपर्छ र हामीले यसमा कुनै जवाफ दिनु हुँदैन।

तर, यदि तिनिहरु साँच्चिकै बढाबढ चहान्छन् भने – हामी सबै कुराका लागि तयार छौं, बढाबढसमेत गर्नका लागि। तर यसका लागि मौनता अपनाएर तयारी गर्नु नै राम्रो हुनेछ।

अनुवाद: मोहनप्रसाद ज्ञवाली