रुसले यथास्थितिलाई तोड्नुपर्छ

प्राथमिक टैब्स

यथास्थितिको संरक्षणकसरी पराजयतर्फ लैजान्छ र संरक्षणवादी चिन्तनले कसरी पराजय निम्त्याउँछ  भन्ने विषयमा अलेक्जेन्डर दुगिनको विचार

कहिलेकाहीँ यस्तो अनुभूती हुन्छ कि हामी केवल वर्तमान परिस्थितिलाई जोगाइराख्नका लागि मात्र लडिरहेका छौँ वा हामीमाथि थुपारिदै गरेका चुनौतीहरूलाई जस्तै-तस्तै प्रतिरोध गरिरहेका छौँ। तर, के कुरा आंशिक रूपमा सत्य हो भने कुनैपनि  प्रतिक्रियात्मक प्रतिरोधका लागि पनि दृढ इच्छाशक्ति आवश्यक हुन्छ। यदि रुस अहिलेभन्दा फरक नेतृत्वद्वारा सञ्चालित भएको भए, उसले धेरै अघिनै सम्झौताको बाटो  रोज्ने थियो र वर्तमान स्थितिमा समेत प्रतिरोध वा संघर्ष गर्ने थिएन। यही प्रक्रियाबाट हामीले सोभियतसंघ (हाम्रो साम्राज्य) गुमायौँ। त्यसपछि सोभियतसंघ पतन पछिहामीले हाम्रो क्षेत्र गुमायौँ।  अन्ततः विशाल रुसी महासंघ स्वयं गुमाउने स्थितिमा पुग्यौं।

अर्को तर्फ, हामीसँग सम्बन्धित एक यस्तो योजना छ, जो अत्यन्त घातक छ। सामूहिक पश्चिमका दृष्टिकोणमा हामीले वर्तमानस्थितिलाई त्याग गर्नु भनेको रुसको विखण्डन गर्नु (आधिकारिक रूपमा “उपनिवेशीकरण मुक्त" भनिने), शासन परिवर्तन र संप्रभुसत्ताको पतन हो। हामी यसको विरुद्ध सक्रियरुपमाप्रतिरोध गर्दैछौं। हाम्रो लक्ष्य भनेको वर्तमानस्थिति जोगाउनु हो। ताकि हाम्रा शत्रुहरूको रणनीति सफल नहोस्।

यो हुनु आफैमा आधा विजय प्राप्त गरेजस्तै हो। अब झन यो स्पष्ट हुँदै गइरहेको छ कि हाम्रो लागियतिमात्रले पर्याप्त हुनेछैन।

हामीसँग महापरिवर्तनको आफ्नै योजना र मार्ग हुनुपर्छ।

यहाँ, यथास्थितिलाई कायम राख्नु केवल एउटा आरम्भ बिन्दु हो। यदि कसैले सबै कुरा यसैगरी कायम राख्न, सबै प्रक्रिया र रूपान्तरणहरूलाई बलपूर्वक रोक्न अत्यधिक जोड दिन्छ भने त्यो स्वयंमा परिवर्तनकोलागि एउटा अवरोध बन्न सक्छ।

पुरानो विश्व, अन्तर्राष्ट्रिय कानून, स्थापित व्यवस्था जोगाएर राख्नुको अब औचित्य समाप्त भैसकेको छ। यी सबैसंरचनाहरु भत्किएका छन् वा पतन भैसकेका छन्।अबआमुल तथा मौलिक परिवर्तनको समय आउँदैछ। जसले हरेक कुरामा परिवर्तन गर्नेछ। अहिलेसम्महामी यी परिवर्तनहरूको केवल अन्धकार, विनाशकारी पक्ष मात्र देख्दैछौ। वास्तवमा त्यस्तै हो, किनभने हाम्रा शत्रुहरूको योजना अझै पूर्ण रूपमा प्रभावी छ। उनीहरू सबै कुरा परिवर्तन गर्न चाहन्छन्, जबकि हामी तिनीहरूको प्रतिरोध गर्द‌ैर्छौं र हामी  यो चाहन्छौं कि सबै कुरा पहिले जस्तै, अहिले पनि कायम रहोस्।

तर हामीले यस विषयलाई भिन्न दृष्टिले हेर्नैपर्छ। विश्वव्यापी रूपान्तरणका लागि हामीलाई आफ्नै योजना, दिशा, मार्गनिर्देशन, सन्दर्भ बिन्दुहरूको साथै आफ्नै स्पष्ट र  दृढ आत्मविश्वासका साथ घोषित गरिएका मूल्य मान्यता र प्राथमिकताहरू चाहिन्छन्। वर्तमान अवस्थामा, हामीसँग व्यवहारिक रूपमा न त कुनै विचारधारा छ, न संस्कृति, न त आफ्नै भविष्यप्रतिको स्पष्ट दृष्टिकोण। हामी पुरानोअवशेषजो १९९० को दशकमा स्थापित सोभियतयुगकोनिराशाजनक मानसिकताको जडतामा बाँचिरहेका छौं। शासक वर्ग यस्तै छ। 

दुर्भाग्यवश, जनसंख्या पनि त्यही अवस्थामै रहेको छ। हामी अझै पनि सोभियतयुगका ‘ओलिभिए’ सलादहरु खाँदै छौं। सोभियत चलचित्रहरू पुनः हेर्दैछौंवा १९९० को दशकको अराजकताको बारेमा बनाइएकासिनेशृङ्खला हेर्दैछौं।

आवश्यकता भनेको पूर्णतः फरककुराहो। जनताले अतीत र वर्तमानबाट आफ्नो दृष्टिलाई  हटायर भविष्यतर्फ उन्मुख हुनुपर्छ। साथै यसको निर्माण प्रक्रियामा सक्रिय रूपमा संलग्न हुनुपर्छ।

“सामाजिक वास्तुकला” एक महत्त्वपूर्ण र उपयुक्त शब्दावली हो। यस कार्यमा जनतालाई समाज र देशको निर्माणमा सहभागी भएर आफ्नो भविष्य आफैं निर्माण गर्ने प्रक्रियामा सहभागी हुन प्रेरित गर्ने कामलाई हामीले अगाडि बढाउनु पर्छ।

समाजको केवल अध्ययन मात्र गर्ने लक्ष्य पूर्णतः गलत तथा असान्दर्भिक हो। समाजकोसृजना, निर्माण गरेर त्यसलाई एउटा अलगस्वरूप दिनुपर्छ। त्यसको लागि जनतालाईशिक्षित जागृत गरेर उन्नत बनाउनुपर्छ। अन्ततः सक्षम प्रबुद्ध समाज निर्माण गर्नुपर्छ।

समाज आफैं निर्माण हुँदैन; यसलाई निर्माण वा  स्थापीत गरिन्छ। यो अनिवार्य छैन कि शक्ति बलप्रयोगद्वारा मात्र यसको निर्माण हुन्छ । बरुयसको निर्माण भविष्यवक्ता, दूरद्रष्टा, अग्रदूत, चिन्तक, कवि जस्ता ती व्यक्तिहरू जसले समाजको पहिचान र त्यसको गन्तव्यलाई आवाज प्रदान गर्दछन्।

यी सम्पूर्ण विषयहरु प्रविधिसँग सम्बन्धित होइनन्, बरु अस्तित्वशास्त्र (ओन्टोलोजी)सँग सम्बन्धित छन्। प्रविधिहरू महत्त्वपूर्ण त छन्, तर तिनीहरू नै सार होइनन्। तिनीहरू शुभ र अशुभ, जागरण र निद्रा, उत्थान र पतनदुवैका साधन बन्न सक्छन्। मुक्ति तिनीहरुमा कदापि निहित छैन। मुक्ति न प्रविधिमा छ, न प्रविधिविद्हरूमा छ। मुक्ति आत्मामा छ, विचारमा छ, विश्वासमा छ।

हाम्रा शासकर नेतृत्ववर्गमा गहिरो दार्शनिक आयामको गम्भीर अभाव छ। गहन र व्यापक चिन्तन, मनन, हताररहित संवादतथा अन्तर्ज्ञानबाट प्राप्त हुने अनुभूतिको कमी छ। सम्पूर्ण शक्ति दैनिक व्यवस्थापन र वर्तमान यथास्थितिलाई बचाईराख्नमै खर्च भइरहेको छ। यसरी न त भविष्य सृजना गर्न सकिन्छ, न त भविष्यको पूर्वानुमान नै गर्न सकिन्छ।

कहिलेकाहीँ सत्ताधारी निकायहरु युवातर्फ हेर्छन्, तर युवा भनेको समाजकोप्रतिरूप हो। अर्थात् त्यही प्राधिकरणहरूले बनाएको रूप हो। आफ्नै पालनपोषण र शिक्षा बिना युवा स्वयंले कुनै विचारलाई अभिव्यक्त गर्न वा निर्माण गर्न सक्दैनन्। उनीहरूलाई एक 'सुसंगत विचार' चाहिन्छ। तर निश्चित रूपमा उनीहरू स्वयंलेयो सिर्जना गर्न सक्दैनन्। संक्षेपमाभन्दासमस्या युवामा होइन। स्वाभाविक जडताका कारण उनीहरू धेरैजस्तो परिस्थितिमा यथास्थितिको रक्षा गर्छन् र न्यूनतम अवस्थामा उदार–पश्चिमी दृष्टिकोणतर्फ निष्क्रिय रूपमा प्रभावित हुन्छन्।

यसरी काम चल्दैन। यदि युवाहरूलाई यथास्थितिका मानिसहरूले शिक्षित गरेका छन् भने, उनीहरू यथास्थितिवादी नै हुनेछन्। यस मामलामा अर्को कोण  वा भिन्न दृष्टिबाट हेर्नुपर्छ।

महत्त्वपूर्ण के हो भने, युवा कस्ता छन् भन्ने होइन, तर उनीहरू कस्तो हुनुपर्छ भन्ने हो। यो निर्णय उनीहरू स्वयंले गर्नसक्दैनन्।

ट्रम्पले आफू राष्ट्रपति भएको एक वर्षमैअमेरिकी यथास्थितिलाई चकनाचूरपारीदिए। यो राम्रो भयो  वा नराम्रो,यो बहसको विषय हुनसक्ला तर अबपुरानो विश्वव्यवस्था अस्तित्वमा रहेन। अबको नयाँ विश्वमा हाम्रो लागि कुनै स्थान सुरक्षित राखिएको छैन। अस्तित्वमा रहनको लागि हामीले हाम्रो स्थान तय गर्नुपर्नेछ।त्यसको लागि हामीले युद्ध  जित्नै पर्छ। "अस्तित्वमा रहनु" भनेको के हो? यसको निर्णय कुनै अधिकारी वा प्राविधिज्ञहरुले गर्दैनन्। न त युवा वा शुद्ध जडताको संवाहकले गर्छन् । यो निर्णय त एक दार्शनिक चिन्तकले गर्छ।

रुसलाई सार्वभौम चिन्तनको आवश्यकता छ।

पुरानो विश्व विघटित भएको अवस्थामा यहाँ वर्तमान  स्थिति (यथास्थिति)को लागि पनि कुनै नयाँढाँचा वा स्पष्टता छैन। त्यस्तो अवस्थालाई भर्खरै स्वीकार गर्नु उचित हुँदैन।यो हार मान्नु होइन; बरु यो नयाँ सिर्जनात्मक र गम्भीर चिन्तनआमन्त्रणको एउटा स्पष्ट संकेत हो।

अनुवाद: मोहनप्रसाद ज्ञवाली