बलिरहेको बाल : परम्परा विरुद्ध एकध्रुवीय विश्व

प्राथमिक टैब्स

जब आक्रमणकारीले युद्धविरामको माग गर्छ भने तपाईं विजयतर्फ अग्रसर हुनुहुन्छ। दुष्ट शक्तिसँग कुनै सम्झौता हुँदैन।

या त विश्व बहुध्रुवीय हुनेछ,  कुनै विश्व रहने छैन।

एकध्रुवीयताका दुई स्वरूप (प्रगतिशील ‘वोक’ उदार–वैश्वीकतावादी होस् वा नव–रूढिवादी– प्रत्यक्ष जायोन प्रभुत्ववादी) दुवैलाई मूलरुपमा अस्वीकार गर्नुपर्छ। एकध्रुवीयता ‘एप्स्टीन योजना’ हो। त्यसैले ‘एप्स्टीन वर्ग’ले सत्तारूढ दक्षिण र बाम दुबैलाई एकीकृत गर्छ। एकध्रुवीयता एक प्रकारको विकृत र अमानवीय परियोजना हो।

त्यहाँ ‘वोकवादी’ (बाम) र ‘नव–रूढिवादी’ (दाक्षिण) दुबै पक्षमा यस्ता विकृत प्रवृत्तिहरू विद्यमान रहेका छन्। हामीले यसलाई सजकतापूर्वक दुबै आँखाले हेर्नुपर्छ।

परम्परावाद, संरक्षणवाद, वास्तविक क्रिष्टियन धर्म, नैतिकता, परिवार, मर्यादा, व्यवस्था तथा पवित्रता—यी सबै वोकवादी’ (बाम) र ‘नव–रूढिवादी’ (दाक्षिण) यी दुवैसँग पूर्ण रूपमा विरुध्दमा रहेका छन्।

यो कुरा सत्य हो कि उग्र जियोनवादीहरू वास्तविक तथा प्रामाणिक परम्परागत यहूदीहरू होइनन्। बरु, तिनीहरू ‘एरेव राव’ (मिश्रित भीड) हुन्, जसलाई याकूबको ‘क्लिप्पा’ भनिन्छ। (यहाँ  'जेकबको क्लिप्पा' भन्नुको तात्पर्य, ती मानिसहरू आस्थाको वास्तविक केन्द्र (जेकब/इस्राएल) मा नभई त्यसको बाहिरी, भ्रष्ट आवरणमा मात्र रहेको संकेत गर्छ।) तिनीहरूले विधर्मी कब्बालाको छद्म–मसीही परम्परा (जसलाई नाथन अफ गाजाले प्रवर्द्धन गरेका थिए) तथा पापमार्फत मुक्ति प्राप्त हुने अत्यन्त शंकास्पद र घृणित शिक्षालाई अंगिकार गर्छन्।

विश्वव्यापी रूपमा बाल (Baal) (प्राचीन कनानी धर्ममा उर्वरता, वर्षा, आँधीबेहरी र कृषिसँग सम्बन्धित देवता थिए। "बाल" शब्दको अर्थ "मालिक", "स्वामी" वा "प्रभु" हुन्छ।) लाई समाप्त गर। भविष्यद्रस्टा एलियाहले ९५० जना आफ्ना पुरोहितहरूसँग मिलेर यही कार्य गरेका थिए। जब मानिसहरूले यो कार्य देखे उनीहरूसबैले यो घोषणा गरे, “परमप्रभु—परमेश्वर उहाँ नै हुनुहुन्छ।” त्यसपछि एलियाहले बामका अगमवक्ताहरूलाई पक्रन आदेश दिए, त्यसैअनुरूप उनीहरूलाई समातियो र एलियाहले उनीहरूलाई किशोन नदीतर्फ लगेर वध गरे।

एप्स्टिन क्लास ("क्रिश्चियन" जियोनिस्टहरू समेत) बाल र अशेराहका पुरोहितहरू हुन्।

“आकाशबाट आगो खस्छ, जसले बलिदान, वेदीका ढुंगाहरू, पृथ्वी र खाल्डोमा रहेको पानीसमेत भस्म गर्छ।” यो इरानी मिसाइलहरू जस्तै देखिन्छ... तर कसलाई थाहा...

हेन्री कोर्बिनले एकपटक क्रिश्चियन धर्म, इस्लाम र यहूदी धर्मभित्र भएका विकृतिहरूको सामना गर्न एकेश्वरवादी संरचना निर्माण गर्ने सुझाव दिएका थिए। जुन एक प्रकारको एलियाह आध्यात्मिक आदेश हो।

क्रिश्चियन धर्म, इस्लाम र यहूदी धर्म फरक–फरक हुन्। ती सबैलाई गहन विकृति बिना एकअर्कासँग नमिसाई भ्रमित पार्न सकिँदैन। तर यस विषयमा  गम्भीर संवाद भने सधैं नै सम्भव छ—जस्तो मध्ययुगमा थियो।

अनुवाद : मोहनप्रसाद ज्ञवाली