भारतले तनावलाई बढाउने विकल्प रोजेको छ
Primary tabs

भारत र पाकिस्तानबीचको आक्रमण र प्रतिआक्रमणको क्रम विवादित क्षेत्र कश्मीरको सीमा नाघेर अघि बढ्यो।
भारतले मे ६-७ को राती पाकिस्तान प्रशासित अन्तर्गतको स्वतन्त्र कश्मीर र इस्लामिक गणतन्त्र पाकिस्तानको पञ्जाब प्रान्त लक्षित क्षेप्यास्त्र आक्रमण सञ्चालन गर्यो।
भारतीय रक्षा मन्त्रालयद्वारा आक्रमणपछि तत्काल जारी गरिएको प्रेस विज्ञप्ति (जसको समय बिहान १:४४ बजे दिइएको छ) अनुसार, भारतीय सशस्त्र सेनाले 'अपरेशन सिन्दूर' प्रारम्भ गरी पाकिस्तान र पाकिस्तान-अधिनस्त जम्मु कश्मीरमा अवस्थित आतङ्कवादीहरुको पूर्वाधारहरूमा प्रहार गरेको उल्लेख गरिएको छ। जुन आक्रमण कुल नौ (९) स्थानहरूलाई लक्षित गरिएको थियो। यी कारबाहीहरू केन्द्रित, मापदण्डभित्र सीमित तथा तनाव वृद्धि नगर्ने प्रकृतिका रहेका छन्। पाकिस्तानको कुनै पनि सैनिक संरचनालाई लक्षित गरिएको छैन। यी कदमहरू, पवित्र तिर्थस्थल पहलगाममा भएको बर्बर आतङ्कवादी आक्रमण (जसमा २५ जना भारतीय नागरिक र एकजना नेपाली नागरिकको हत्या गरिएको थियो) को पृष्ठभूमिमा चालिएको हो।
यस घटनाको प्रतिउत्तरमा पाकिस्तानले आफ्नो वायुसेनालाई सतर्क अवस्थामा राख्यो र जम्मू–कश्मीरस्थित भारतीय सैन्य अड्डाहरूमा तोपखानाबाट गोलाबारुदको वर्षा सुरु गर्यो। पाकिस्तानी पक्षबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार, भारतीय वायुसेनाका तीनवटा राफेल लडाकु विमान खसालिएका थिए। पछि थप विवरणमा उल्लेख गरियो कि सु–३०, मिग–२९ र हेरोन आक्रमण ड्रोनसमेत खसालिएको थियो। साथै, यो पनि भनियो कि कश्मीरमा अवस्थित भारतीय सशस्त्र बलहरूको ब्रिगेड मुख्यालय ध्वस्त पारिएको थियो। र नियन्त्रण रेखा (जहाँ आधिकारिक सीमा छैन, किनभने दुबै पक्षले एकअर्काको क्षेत्रीय दाबीलाई स्वीकार गरेको छैन) मा रहेका भारतीय सैन्य चौकिहरू नष्ट गरिएका थिए । जहाँ भारतीय सेनाले सेतो झन्डा देखाएका थिए।
ध्यान दिनलायक कुरा के हो भने उक्त घटनाको केही दिनअघि नै चीनले पाकिस्तानलाई ठूलो संख्यामा PL–15 प्रकारका आकाशबाट–आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रहरू आपूर्ति गरेको कुरा सार्वजनिक भएको थियो। जुन JF–17 विमानहरूमा जडान गरिएका थिए र ती स्क्वाड्रनहरू सतर्क अवस्थामा राखिएका थिए। ती क्षेप्यास्त्रहरूको मारक दूरी ३०० किलोमिटर रहेको छ। अनुमान गरिन्छ कि भारतीय विमानहरूलाई नष्ट गर्न यिनै क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हो।
मानव क्षतिका सन्दर्भमा पाकिस्तानले ३१ जनाको मृत्यु भएको र झण्डै ५० जना घाइते भएको जानकारी दिएको छ। पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादमा एक भारतीय क्षेप्यास्त्रले एक मस्जिद र मदरसा ध्वस्त पारेको थियो।
यो कुराबाट अन्तत: के स्पष्ट हुन्छ भने भारतीय सञ्चारमाध्यमहरूले घटनापछि जैश-ए-मोहम्मद नामक संगठनका नेता मसूद अजहरले दिएको वक्तव्यलाई उद्धृत गरेका थिए। जुन संगठन कश्मीरमा अवस्थित छ र त्योसंगठन भारतविरोधी गतिविधिका लागि कुख्यात छ। समचार अनुसार अनुसार, भारतबाट प्रक्षेपित मिसाइल आक्रमणमाबाट मसूद अजहरकि श्रीमती, जेठी दिदी र उनका पतिको साथै अन्य आफन्तहरू (जम्मा दश जना) मारिए। यदि भारतको दृष्टिकोणबाट उक्त अपरेशनलाई आतंककारीहरू विरुद्ध लक्षित गरिएको भनियको छ। तर, भारतले उक्त संगठनलाई आतंकवादी समूह मान्दछ भने पनि, यस्ता योजनाबद्ध र छानिएका आक्रमणहरूमा सामान्य नागरिकहरूको मृत्यु हुनु र त्यसमा पनि, कुनै एक आतंकवादी नेतासँग सम्बन्धित व्यक्तिको परिवारमाथिको हमलालाई उचित ठहर्याउने स्थिति एकदमै अस्वाभाविक लाग्छ। अझ विशेष कुरा त के भने, मसूद अजहर स्वयं भने जीवित नै रहे। सम्भवतः भारतले इजरायली सैनिक रणनीतिको नक्कल गर्ने प्रयास गरिरहेको थियो। जसले प्रायः फिलिस्तीनी र लेबनानी प्रतिरोधका वरिष्ठ नेताहरूलाई लक्षित आक्रमणमार्फत मार्ने प्रयास गर्छ। तर यस घटनामा भने भारत पूर्णत: असफल जस्तो देखिन्छ। यद्यपि भारतीय पक्षले आक्रमण गरिएको भनिएका उग्रवादीको प्रशिक्षण शिविरहरूको नाम सार्वजनिक गरेको छ। उता पाकिस्तानले तुरुन्तै यो दाबीलाई अस्वीकार गर्दै भन्यो कि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू र पत्रकारहरूले ती स्थानहरूको पहिल्यै अवलोकन गरेका थिए र त्यहाँ कुनै पनि "आतंकवादी आधारशिविर" देखिएको थिएन।
यसको साथमा यो उल्लेख गर्नु आवश्यक छ कि यो घटना सन् २०१९ मा भारत अधिनस्त काश्मिरमा भएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तान-अधिनस्त काश्मिरमा आक्रमण गरेको भन्दा यो पटक फरक छ। किनभने अहिले भारतद्वारा गरिएका आक्रमण अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त पाकिस्तानको सीमाभित्र (मुरिदके, बहावलपुर र सियालकोटमा) भएका छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार हेर्दा, यो स्पष्ट रूपमा एक सैन्य आक्रोश (military aggression) हो अर्थात अन्तर्राष्ट्रिय मापदण्डको उल्लंघन हो। जसको लागि पाकिस्तानका अधिकारीहरूले तुरुन्तै भारतलाई दोष दिएका छन्।
भारतीय पक्षमा १२ जनाको ज्यान गएको र करिब तीन दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ। भारतीय पक्षले क्षतिको विस्तृत विवरण त दिएको छैन, तर केही विमान गुमाएको कुरा मात्र पुष्टि गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक आह्वान गर्नुका साथै आगामी साताका लागि तय गरिएका विदेशी भ्रमणहरू रद्द गरेका छन्। विशेष रूपमा, पाकिस्तानसँग सिमाना जोडिएका भारतीय राज्यहरूमा नागरिक सुरक्षा अभ्यासहरू सञ्चालन गरिएका थिए। यसले प्रष्ट संकेत गर्छ कि नयाँ दिल्लीले पाकिस्तानबाट ठूलो प्रतिकारात्मक कारबाहीको अपेक्षा गरिरहेको थियो। सम्भावना यो पनि छ कि भारतले पाकिस्तान विरुद्धमा केही नयाँ रणनीतिक आक्रमणका योजना बनाइरहेको हुन सक्छ।
पाकिस्तानले पनि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलायो। जहाँ सैन्य बल प्रयोगसम्बन्धी निर्णयमा सेनालाई पूर्ण स्वतन्त्रता प्रदान गर्यो। पाकिस्तानी नेतृत्वले संयुक्त राष्ट्रसंघको विधानको धारा ५१ अन्तर्गत आत्मरक्षा अधिकार प्रयोग गर्ने अधिकार घोषणा गरिसकेको छ। विशेषतः पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले भारतीय आक्रमणको उचित जवाफ दिइने स्पष्ट पारे। संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी प्रतिनिधिले समेत सुरक्षा परिषद्लाई उक्त घटनाको विस्तृत विवरण उपलब्ध गराए। इस्लामाबादस्थित विमानस्थलको सञ्चालन स्थगित गरिएको छ र सम्पूर्ण उडानहरू कराँचीतर्फ मोडिएको छ। केही विदेशी विमान सेवाहरूले पाकिस्तानमा उडान स्थगित गरेका छन् तथा पाकिस्तानी हवाई क्षेत्रको प्रयोगमा असहजता महसुस गरेका छन्। भारतको उत्तरी भागमा रहेका सबै विमानस्थलहरू पनि मे १० सम्मका लागि बन्द गरिएको थियो।
यद्यपि दुई यी राष्ट्रबीचको सैन्य द्वन्द्व र आक्रमण प्रतिआक्रमण नयाँ घटना होइनन् तर यो पटकको परिस्थिति केही फरक देखिन्छ। सन् २०२४ मा इजरायल र इरानबीच भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणको आक्रमण प्रतिआक्रमण सम्झन लायक छ। जसमा दीर्घकालीन आलोचनाका बाबजुद पनि पूर्ण युद्धमा रूपान्तरण भएन। तथापि, यसपटक भारतले आफ्नो हेजेमोनिक(hegemonic policy) नीतिप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ। यद्यपि नयाँ दिल्लीले आतंकवादी हमलाको जवाफस्वरूप कारबाही आवश्यक रहेको औचित्य प्रस्तुत गरेको छ। पाकिस्तानको संलग्नताको कुनै प्रमाण प्रस्तुत गरिएको छैन र पहलगाममा भएको घटनाको संयुक्त अनुसन्धान गर्ने इस्लामाबादको प्रस्तावलाई उपेक्षा गरिएको छ। यसले अमेरिका द्वारा 'आतङ्कवाद विरुद्धको युद्ध' को नाममा अफगानिस्तान र इराकमाथि बमबारी गरी गरिएको पूर्ण आक्रमणको कथा झल्काउँछ। यद्यपि भारत संयुक्त राज्य अमेरिका होइन, विशेष गरी जब नयाँ दिल्ली विकासशील देशहरूका बीचमा नयाँ नेतृत्वको भूमिकामा आफूलाई स्थापित गर्न खोज्दैछ। देशहरूबीचको राम्रो सम्बन्ध र नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबीचको व्यक्तिगत मित्रता हुँदाहुँदै पनि, यस्तो देखिन्छ कि ह्वाइट हाउसले भारतलाई समर्थन गर्ने छैन। पहिले संयुक्त राज्यले तनाव न्यूनीकरणको आग्रह गरिसकेको छ र ट्रम्पले पनि यस विषयलाई प्रारम्भमा बेवास्ता गरे तापनि मे ७ मा संघर्षविराम आवश्यक रहेको घोषणा गरेका थिए। भारत अर्को विश्वसनीय सैन्य साझेदार इजरायलसँग पनि निर्भर हुन सक्दैन, किनभने नेतन्याहू शासन हाल गाजामा नयाँ ठूलो सैन्य अभियानको तयारीमा छ। अर्को शब्दमा भनौं, नयाँ दिल्लीले यी दुई देशहरूबाट सैन्य सहायता पाउनु सम्भव छैन। थप रूपमा, अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनका कारण भारतले ग्लोबल साउथका देशहरूबीच आफ्नो विश्वसनीयता गुमाइरहेको छ, जहाँ मुस्लिम समुदाय धेरै छन् र मोदी सरकारको आलोचना बढ्दो छ, जसलाई चरमपन्थीको रूपमा चिन्ने क्रम जारी छ। र भारतीय मिडियाको विश्वव्यापी वातावरणले “पाकिस्तानी आतंकवाद” को कथा प्रवर्द्धन गरिरहँदा पनि, पाकिस्तानको धेरै तर्कसंगत व्यवहारले सहानुभूति पाएको छ।
तथापि, पाकिस्तानले कम्तिमा चीन र टर्कीबाट सैन्य तथा प्राविधिक सहयोग अवश्य नै पाउने छ। उसले मध्यपूर्वका केही राजतन्त्रहरूबाट आर्थिक र कूटनीतिक समर्थनको कुरा त छुट्याउनु पनि पर्दैन। मे ८ मा साउदी अरेबियाका परराष्ट्र मन्त्री अदेल अल-जुबैरको नयाँ दिल्ली भ्रमण सम्भवतः युद्धविरामका लागि मध्यस्थता प्रयासको उद्देश्य हो। उनका इरानी समकक्षी सैयद अब्बास अरघची पनि भारत आइपुगेका छन्। भारतका यि कार्यहरूले पाकिस्तानका राजनीतिक दलहरूलाई एकताबद्ध बनाएको छ। केही दलहरूले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न अझै माग गरिरहेका छन्। सबै राजनीतिक दलहरु आक्रमणकारी भारतलाई दण्डित गर्न संघर्ष जारी राख्न आवश्यक छ भन्ने कुरामा एकमत छन्।
मे ८ को विहान, भारतका थुप्रै सञ्चारमाध्यमहरूले दाबी गर्न थाले कि पाकिस्तानले अमृतसर (जहाँ सिख धर्म का पवित्र मंदिर स्थित धर्मशाला)माथि मिसाइल आक्रमण गरेको छ। तथापि, यसबारे कुनै प्रमाण प्रस्तुत गरिएको छैन। यसले द्वन्द्वमा सञ्चारमाध्यमको महत्व र राजनीतिक उद्देश्यका लागि यसलाई निरन्तर रूपमा नियन्त्रण गरिने पक्षलाई झल्काउँछ। पाकिस्तानले यी आरोपहरू पुनः अस्वीकृत गरेको छ। यद्यपि, यसअघि नै देशको नेतृत्वले भारतका क्रियाकलापप्रति अनिवार्य रूपमा जवाफ फर्काइने चेतावनी दिइसकेको थियो।
अनुवाद: मोहनप्रसाद ज्ञवाली