अमेरिका पार्टी: नयाँ मानक
Primary tabs

अमेरिका पार्टीले वैश्वीकतावादी प्रभुत्वको गतिरोध तोड्नका लागि दक्षिणपन्थी परम्परा र बाँमपन्थी न्यायबीच एकता ल्याउनै पर्छ।
अमेरिका पार्टीले दक्षिणपन्थीबाट केही अत्यन्त महत्त्वपूर्ण विषयवस्तुहरू समावेश गर्नै पर्छ: परम्परागत मूल्यहरू, अवैध आप्रवासनविरुद्धको संघर्ष, अमेरिकी सुरक्षा (उदारवादी क्यानडा र ग्रीनल्याण्डको अधिग्रहण), रद्द संस्कृति (क्यान्सल कल्चर) को खारेजी, धर्मको संरक्षण, विदेशी नियन्त्रणबाट स्वतन्त्रता तथा राष्ट्रिय सार्वभौमसत्ता हुनुपर्छ।
त्यस्तै, बाँमपन्थीबाट पनि यस पार्टीले केहि अत्यावश्यक तत्त्वहरू लिनुपर्छ: सामाजिक न्याय, व्यक्तिगत स्वतन्त्रता, प्राविधिक प्रगतिशीलता, शान्ति र अहस्तक्षेपकारी नीति (non-intervention), सामाजिक ऐक्यभाव, बौद्धिकता र दर्शन।
अमेरिका पार्टीले विद्यमान केन्द्रवादको वैकल्पिक "कट्टर मध्यममार्ग" (radical center) अपनाउनुपर्छ । जुन अहिलेको युनिपार्टी जस्तो होइन, जुन न त दक्षिणपन्थी हो, न बाँमपन्थी, बरु एक वैश्वीकतावादी, हस्तक्षेपकारी र आक्रामक संरचना हो। यो पार्टी प्रायः द्विदलीय नेताहरूबाट प्रतिनिधित्व हुन्छ, जसको नाम एपस्टीन सूचीमा रहेको छ, र सानो मध्यपूर्वी देशबाट नियन्त्रित छ।
अमेरिकी शासक वर्ग, अमेरिकी जनताको चहानाको पूर्ण विपरीत छ। त्यसैले, अमेरिका पार्टीले जनताको पक्षमा उभिने एक लोकप्रियतावादी (populist) पार्टी हुनुपर्छ।
अहिले अमेरिकामा सत्तारूढ वर्ग भनेको एपस्टीन पार्टी हो।
'अमेरिका पार्टी', एपस्टीन पार्टीको विपक्षमा उभिने नयाँ शक्ति हो।
अमेरिकी जनतासँग गरिएको वाचा पूरा गर्नु भन्दा इरानमाथि बम आक्रमण गर्नु वा रुससँग आणविक द्वन्द्व पुनः सुरु गर्नु वर्तमान सत्ताको लागि प्राथमिकतामा रहेको देखिन्छ। ट्रम्पले अहिले गरिरहेको कार्य अत्यन्त घृणास्पद छ। उनले आफैंलाई बाइडेन २.० मा परिणत गरिसकेका छन्।
अनुवाद: मोहनप्रसाद ज्ञवाली