हाइडेगरसँगको साक्षात्कार: एक बौद्धिक यात्राको निमन्त्रणा

विचार र त्यसको अधिकारिता

मार्टिन हाइडेगरलाई उच्चतम स्तरमा एक मौलिक लेखक मानिन्छ। उनी विचारको इतिहासमा ती व्यक्तित्वहरूमा पर्दछन् जसलाई न टार्न सकिन्छ, न अस्वीकार गर्न नै। धेरै कुराहरू छोड्न सकिन्छ, वैकल्पिक मान्न सकिन्छ, र फुर्सदका साथ अध्ययन गर्न सकिन्छ। तर केहि कुरा छन् जुन सावधानीपूर्वक र गहिरो अध्ययनको माग गर्दछ। यस्ता अध्ययन बिना, हाम्रा सोच, दर्शन, र सांस्कृतिक इतिहासका बारेमा हाम्रा धारणा [प्रतिष्ठानहरू; धारणा, दृष्टिकोण, अवधारणा, विचारहरू; यो शब्द तल स्पष्ट रूपमा र विस्तारमा विचार गरिनेछ। त्यस समयमा, यो प्रायः धारणा भनेर अनुवाद गरिन्छ] त्रुटिपूर्ण, अपूर्ण,टुक्राटुक्रा र अविश्वसनीय हुनेछ।

हाइडेगर आजको संसारमा, आजको रूसमा आफूलाई आफ्नो उपलब्धता [наличия] र उपस्थिति [присутствия] को तथ्यलाई कुनै न कुनै तरिकामा आधार दिने प्रयास गर्ने सबैका लागि अपरिहार्य ब्याक्तित्व हुन्। प्रायः हामीलाई उपस्थितिको बारेमा कुरा गर्नु पर्दैन: आखिरकार, "उपस्थिति" व्युत्पत्तिशास्त्रीय अर्थ "सारको नजिक हुनु" [быть при сути; शब्द “суть” पछि विशेष अर्थ लिनु हुनेछ; लेखकले त्यो परिवर्तन स्पष्ट रूपमा नगरेसम्म, यसलाई “सार” भनेर अनुवाद गरिनेछ] हो। तर, अहिले को हो जो "सारको नजिक छ"? तर शायद हामी कम्तिमा उपलब्धतामा विचार गर्न सक्छौं? जो आफ्नो उपलब्धताको प्रश्न उठाउँछ, उसले थोरै मात्र भए पनि हाइडेगरलाई अवलोकन नगरी संभव नै छैन।

यो सोच्न असम्भव छ कि मानिसले आफ्नो अस्तित्व, संसार, जीवन र मृत्युबारे कुनै विचारधारामा निकटताबिना सोच्न सक्छ। हामीले आफ्नै विचारको आधारभूत दार्शनिक प्रणाली नजान्दा पनि त्यो लागू भईरहेको हुन्छ। निश्चय नै त्यहाँ एउटा प्रणाली छ; हाम्रा विचार र धारणाहरू कहीँन कहीँबाट त आएका हुन्छन्। यदि हामी आफ्नै चेतनाका तत्त्वहरूको विश्लेषण ग¥यौँ भने, हामी देख्न सक्छौं कि केही विचार प्लेटोबाट, केही अरिस्टोटलबाट, केही डेकार्टेस र हेगेलको द्वन्द्वात्मकतासँग मिल्छन्। धर्मशास्त्र, मार्क्सवाद, कान्टको तर्क वा नीत्शेको चमक—सबैको प्रभाव हाम्रा विचारमा देखिन्छ। दार्शनिकताको यो प्रभाव हामीमा प्रत्यक्ष रूपमा होइन, विद्यालय, परिवार, समाज, मिडिया, शिक्षा, र दैनिक जीवनका सयौँ अप्रत्यक्ष माध्यमहरूबाट हुने भए तापनि यसले आफ्नो  महत्त्व घटाउँदैन।

हामीलाई यस्तो लाग्छ कि हामी आफैँले सोच्छौं, तर यो भ्रान्ति मात्र अज्ञानता वा अपर्याप्त शिक्षाको परिणाम हो। आफ्नै विचार प्रक्रियालाई जाँच्न थालेपछि मात्र यो स्पष्ट हुन्छ कि हामी निरन्तर अरूका विचारहरू उद्धृत गरिरहेका हौँ, र प्रायः ती स्रोतहरूको बारेमा हामीलाई ज्ञान नै हुँदैन। त्यस्तै, जसले इमानदारीपूर्वक सोच्न चाहन्छ, उसले दर्शन, विज्ञान, कला जस्ता क्षेत्रहरूमा स्थापित आधिकारिक विचार प्रणाली र सन्दर्भहरूबाट नै सुरु गर्नुपर्छ।

विचारशील व्यक्ति सधैं केहि हदसम्म दार्शनिक हुन्छ। दार्शनिकहरू कुनै न कुनै विचारधारासँग जोडिएका हुन्छन्—जस्तै धार्मिक दर्शन, कान्टवाद, हेगेलवाद, उदारवाद, मार्क्सवाद, फ्रायडवाद, प्रत्यक्षवाद, नीत्शेवाद, संरचनावाद, "जीवन दर्शन", सोलिप्सिज्म, अस्तित्ववाद, भौतिकवाद, वा डार्विनवाद आदि। अत्यन्त दुर्लभ मात्र कतिपय दार्शनिकहरू विभिन्न विचारधाराहरूको रोचक तथा मौलिक संयोजन गर्न सक्छन्। यसभन्दा पनि धेरै विरलै शताब्दी वा सहस्राब्दीको फरकमा, त्यस्ता विचारकहरू उदाउँछन् जसले नयाँ मार्ग प्रशस्त गरी मानवताका लागि नयाँ दृष्टिकोण खोल्छन्। यी महान व्यक्तिहरू हुन्, जसले मानव विचारको इतिहासमा माइलस्टोन कायम गर्छन्; यसैले उनीहरू शताब्दीयौँसम्म सम्झिन्छन् र सम्मानित हुन्छन्।

जसले महान विचारकहरूलाई बुझ्छ र सम्भावित दार्शनिक अवस्थाहरू मध्ये एक अपनाउँछ। उसले आफूलाई दार्शनिकको स्थानमा राख्छ। जो एक पूर्णरूपमा चिन्तनशील प्राणीमा। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा इमानदारी हो: पहिले अधिकारलाई सम्मान गर्नुपर्छ (यद्यपि पछि उल्ट्याउने 'गोप्य विचार' सहित) र आफ्नो र विश्वको बारेमा गम्भीर विचार र सिद्धान्तहरूको आन्तरिक हलमा सोच्नुपर्छ। ती व्यक्तिहरू पनि, जो कुनै पनि मूल्यमा मौलिकताको खोजी गर्छन्, तिनीहरु दर्शनमा धेरै समय टिक्दैनन्; तिनीहरूको स्थान बजारमा हो।

मार्टिन हेडेगर: नयाँ दर्शनको सुरुवात । अङ्ग्रेजी अनुवाद: माइकल मिलरम्यान।