पीटर थिएलले शत्रुको नाम राखेका छन्: उदारवाद वैश्वीकतावाद विरोधी मसीह हो।
Primary tabs

पीटर थिएलले न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा समकालीन विश्वको मुख्य द्विविधा सही रूपमा पहिचान गरेका छन्: एन्टिक्राइस्ट विरुद्ध आर्मागेड्डन। एन्टिक्राइस्टले भन्नाले उदारवादी वैश्विकवाद, विश्वराज्य, “एउटा विश्व वा केही छैन” भन्ने जनाउछ। आर्मागेड्डनले बहुध्रुवीयता, महाशक्तिहरूको विश्व व्यवस्था भन्ने जनाउँछ। जसलाई यहाँ MAGA, पुटिन, चीन, भारत बुझ्दछाैं।
किन बहुध्रुवीयताले दोस्रो विश्वयुद्ध जस्तो परिस्थितिलाई जन्म दिन्छ (आर्मागेड्डन)? थिएलको प्रश्न हो। किनभने एन्टिक्राइस्टको शिविरले आर्मागेड्डनको कुरा गर्छ र सार्वभौमिकताको संरक्षणलाई आसन्न पारस्परिक विनाशको रूपमा प्रस्तुत गर्छ। त्यसैले MAGA (र पुटिन, शी, मोदी) मान्छन् कि बहुध्रुवीयता यथार्थवादी सहअस्तित्व हुनसक्छ। GPO (ग्रेट पावर अर्डर)
रोचक सुझाव के छ भने: एन्टिक्राइस्ट स्वयं बहुध्रुवीयतालाई आर्मागेड्डनको रूपमा प्रस्तुत गरेर त्यसलाई उकास्न खोज्छ। नियोकोन्स (लिन्ड्से ग्राहम र अन्यहरू) यस्तै गर्छन्: उनीहरूले MAGA लाई अपहरण गरी आक्रामक प्रभुत्वमा परिणत गर्छन्।
पहिलोपटक उच्च तहमा ‘एन्टिक्राइस्ट’लाई उसको यथार्थ नामले सम्बोधन गरिएको छ: उदार विश्वव्यवस्था (liberal globalism) नै एन्टिक्राइस्ट हो। तर ‘आर्मगेडन शिविर’लाई गलत रूपमा नाम दिइएको छ। यो नाम एन्टिक्राइस्ट (विश्वव्यापी उदारवादीहरू) को झूट हो। थिएलले यही कुरा स्पष्ट रूपमा भनेका छन्।
थिएलको अन्तर्वार्ताको दोस्रो महत्वपूर्ण बिन्दु हो: "दायाँ ट्रान्सह्युमानिज्म"। यो अत्यन्तै चिन्ताजनक छ। थिएलको सुझाव छ कि ट्रान्सह्युमानिज्मले आत्मालाई शारीरिक बन्धनबाट मुक्त गर्न सक्छ।वामपन्थीहरू भन्छन् आत्मा नै छैन। क्याथोलिक (समलैंगिक) थिएल भन्छन् कि आत्मा छ। तर यसपछि उनी एक अनौठो निष्कर्षमा पुग्छन् यदि आत्मा महत्त्वपूर्ण छ भने शरीर वैकल्पिक हुन्छ।
शरीरविहीन व्यक्ति वा वैकल्पिक शरीर भएको व्यक्ति पनि मानिस नै हो (थिएलको अनुसार)। लिङ्ग परिवर्तन आत्माको खोजतर्फको पहिलो पाइलो हो। यो एक अनौठो धर्मदर्शन हो।
थिएलको कथनलाई संक्षेपमा भन्नुपर्दा: वैश्वीकरण, वाम उदारवाद (सोरस अर्थात् ग्रेटा थनबर्ग) नै ख्रीष्टविरोधी हो। सहि। आत्मा अस्तित्वमा छ। सहि। तर शरीर वैकल्पिक छ, प्रविधि नै मुक्ति हो यो गलत हो।
एलन मस्कले गति समातेका छन्। ट्रम्प नव-संरक्षणवादीद्वारा बन्धक बनाइएका छन् र मध्यपूर्वमा हस्तक्षेपवादी नीतिका कारण र नेतान्याहूप्रति उनको अन्ध समर्थनका कारण उनी म्यागा (MAGA) समर्थकको नजरमा निकै बदनाम भएका छन्। मागाले आफूलाई धोका खाएको महसुस गरिरहेको छ। अब नयाँ केही सुरु गर्ने उपयुक्त समय आएको छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली