संयुक्त राज्य अमेरिकाले ट्रान्सजेन्डर युक्रेनीको भावना चोट पुर्याएको छ
Primary tabs

हाल अमेरिकामा ट्रान्सजेन्डरहरू (चाहे वृद्ध होऊन् वा साना बच्चा) को सामाजिक स्थिति निकै तीव्र रूपमा परिवर्तन भएको छ। केही समयअघि ओबामा र बाइडेनको पालामा उनीहरूलाई अग्रगामी सामाजिक कार्यकर्ता, मानव सभ्यताका आदर्श प्रतिनिधि र सबैको प्रेरणास्रोतका रूपमा हेरिन्थ्यो। तर, एकाएक परिस्थिति यति बदलिएको छ कि अहिले उनीहरूलाई दुःखी, अपाङ्ग र मानसिक रूपले कमजोर व्यक्तिका रूपमा चित्रण गरिन्छ, जसबाट मानिसहरू टाढा रहन चाहन्छन्। रोजगारीबाट पनि धेरैलाई निकालिएको छ, भनिन्छ उनीहरूले केही गर्न नचाहने र नसक्ने हुन्। अहिले उनीहरूलाई स्थायी रूपमा मानसिक रोगी र विकृत सोच भएका व्यक्ति भनेर हेर्ने गरिन्छ।
कल्पना गर्न पनि डर लाग्छ कि अहिले उनीहरू स्वयं, उनीहरूका साथीहरू, आफन्तजन र अभिभावकहरूको अवस्था कस्तो होला? दुःखको कुरा, यो अवस्था न त समाधान हुन्छ न पहिलेको अवस्थामा फर्कनसक्ने स्थितिमा छ। सबै ट्रान्सजेन्डर, ट्रान्ससेक्सुअल, बाल यौन दुराचारीहरू र अल्पसंख्यकहरू सूचीकृत छन्, सबैको लेखाजोखा गरिएको छ। पहिले यिनलाई सरोस र USAID बाट सुविधाहरू प्रदान गरिन्थ्यो। कहिलेकाहीँ कृत्रिम बौद्धिक प्रणालीले कमला ह्यारिसको स्वरमा 'विकृति दिवस'((Day of Perversion) को शुभकामना समेत दिइन्थ्यो। तर अब स्थिति परिवर्तन भएको छ । अब उनीहरुको परिस्थिति यदि शेरिफ वा मनोचिकित्सकले फोन गरे भने मात्र खुसी मनाउनु पर्ने स्थिती छ। यतिमात्र होइन, अब त सरकार र समाजले पनि यिनीहरूप्रति पूर्णतः उदासीनता देखाएको बताइन्छ।
निश्चित रूपमा, तिनीहरूलाई अझै पनि इलोन मस्कको "टेस्ला" जलाउने प्रदर्शन वा ट्रम्पविरुद्धको विरोधमा सहभागी गराउन प्रयोग गर्न सकिन्छ। यिनीहरुको दस्तुर सस्तो छैन (ट्रम्पविरुद्ध प्रदर्शन गर्न प्रती ब्यक्ति ३ सयदेखि ५ सय डलरसम्म प्रस्ताव गरिन्छ) जहाँ सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नु र अश्लील गालीगलौज गर्नु वाञ्छनीय मानिन्छ। तर, यो भत्ता एकपटक मात्र दिइन्छ। त्यसैले उनीहरुलाई परिचालन गर्न लामो समयसम्म टिक्न गह्रो हुन्छ।
जो व्यक्ति सबैका लागि सबै कुराको प्रतीक थिए, उनी एकै रातमा सबैभन्दा तल्लो स्थितिमा पुगे। यसले पनि धेरै नबुझिएको कुरा हो कि, "वोक" नामक अन्धकारमय सम्मोहनको प्रभावमा परेर लाखौं अमेरिकी पुरुष र महिलाहरूले आफ्नो र आफ्ना सन्तानहरूको जीवनबाट अत्यन्तै महत्त्वपूर्ण अंग काट्ने गरेका छन्। यसले उनीहरूलाई सामान्य जीवन, सुसंगत परिवार र समाजमा स्वीकार्य भूमिकाको अवसरबाट वञ्चित गराएको छ। यो केवल व्यक्तिगत पीडा होइन, समग्र पश्चिमी सामाजिक संरचनाको मूलभूत संकटको प्रतिबिम्ब पनि हो।
युक्रेनीहरू पनि यस्तै अवस्थामा आज होइन भने भोलि पर्नेछन्। विश्वव्यापी शक्तिहरूले उनीहरूलाई विशेष सम्मानका साथ राखे, उनीहरूको प्रशंसा गरे, पैसाले भरिभराउ गरे र ध्यानको केन्द्र बनाइदिए। उनीहरूको झूटलाई स्नेहपूर्वक हेरे र रूसीहरूप्रति देखाइएको उनीहरूको क्रूरता र पशुजस्तो व्यवहारलाई "युरोपका वीर योद्धाहरूको साहस" भनेर प्रशंसा गरे। उनीहरूको हाँसो नलाग्ने ठट्टामा ठुलो स्वरले हाँसे। उनीहरूको फाटेको लुगा संग्रहालय र फेसन मञ्चमा प्रदर्शन गरियो। उनीहरूको निर्थक नाटकहरूलाई "सौन्दर्यको सर्वोच्चता" भनेर प्रशंसा गरियो।
तिनीहरू फेरि एकैछिनमा त्यही बने—जसको वास्तविकता सधैं त्यही थियो। दयनीय, मूर्ख न विश्वस्त रहन सक्ने न प्रेम गर्न सक्ने असफलहरू। राष्ट्रविहीन राष्ट्रवादीहरू। विचारविहीन उग्रपन्थीहरू। आफ्नै राज्य नहुनुका बाबजुद अरूको राष्ट्रमाथि आक्रमण गर्ने कुकुरहरू। शैली, संस्कृति वा तर्कशक्तिको कुनै संकेतबिनाका पात्रहरू।
युक्रेनीहरू सामूहिक रूपमा ट्रान्सजेन्डर व्यक्तिहरू जस्तै छन् — ती रूसीहरू जसले आफ्नो वास्तविक जातीयता र पहिचान त्यागेर एउटा अमूर्त, काल्पनिक र निरर्थक विकल्प रोजेका छन्। ट्रान्सजेन्डर पुरुष महिलामा परिणत हुँदैन; ऊ विकृत स्वरूपमा परिणत हुन्छ। त्यसै गरी, आफूलाई युक्रेनी ठान्ने रूसी पनि एक भ्रममा छन्। हो, कसैले आफ्नो रूसी पहिचान त्याग्न सक्छ, तर ऊ केवल एक विकर्षक र कुरूप शून्यता यसको स्थानमा रहन्छ।
हामी यसलाई राम्रोसँग बुझ्दछौं र यसको विरुद्ध संघर्ष गर्दैछौं। हामी युक्रेनीहरू विरुद्ध होइन, उनीहरूकै पक्षमा लडिरहेका छौं — ताकि उनीहरू मानव रहून् अर्थात् रूसी मानव। नभए तिनीहरू एक प्रकारको बेहोसी अवस्थामा पुग्नेछन् — आफ्नो पहिचान गुमाउनेछन्, जसले लिङ्ग परिवर्तनभन्दा पनि गम्भीर असर पार्न सक्छ। तर अब यो अवस्थालाई पश्चिमी मुलुकहरूले पनि देख्न थालेका छन्। उनीहरू पनि छिट्टै यस घृणास्पद दृश्य (जसलाई राजनीतिक युक्रेनी भनिन्छ) बाट मुख फर्काउनेछन्। ती युक्रेनीहरु, जो एउटा भयावह प्रयोगको सिकार बनेका छन्। र त्यो प्रयोग, आश्चर्यजनक रूपमा, तिनीहरूले आफैँ सुरु गरेका हुन्। सम्भावना छ, अब उनीहरूले त्यसलाई नजरअन्दाज गर्न वा हटाउन खोज्नेछन्।
अमेरिकाका ट्रान्सजेन्डरहरूझैं, युक्रेनीहरू अब कसैको प्राथमिकतामा छैनन्। पश्चिमाले चाँडै इतिहासको यो अध्याय पूर्ण रूपमा अन्त्य गर्नेछ।
रूसिहरूलाई पक्कै पनि धेरै माया गर्ने छैन। तर ओवेज्किन यहाँ बिल्कुलै सही समयमा छन्। र ग्रेट्स्की पनि धेरै सही समयमा छन्। रूसिहरू त साँच्चिकै सही समयमा छन्। तर युक्रेनी र ट्रान्सजेंडरहरू भने अनुपयुक्त समयमा छन्। अब, उनीहरूको समय समाप्त भएको जस्तो लाग्छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली