उदारवादी अभिजात वर्गको अन्त्य
प्राथमिक टैब्स

अलेक्जेन्डर दुगिनलेयश लेखमा यो स्पष्टपारेका छन् कि इम्यानुएल टोडको भविष्यवाणीले युरोपका उदारवादी अभिजात वर्गको पतन र जनताको शक्तिको उदय संकेत गर्छ।
एमानुएल टोड, जसलाई अहिले सबैभन्दा विवेकी फ्रेन्च बौद्धिक व्यक्तिहरूमा (सर्वोत्कृष्ट एलान डे बेनोइस्टलाई गन्न छोड्दा) मानिन्छन, उनले भनेका छन्: “युरोपेली नेताहरू जो रुस र इरानमा शासन परिवर्तनका लागि लालायित छन्, ती छिट्टै आफ्नै स्थानबाट प्रतिस्थापित हुनेछन्। रुस र इरानका सरकारहरूका साथ-साथै ती देशको अर्थतन्त्र अझ सुदृढ र नयाँ गतिको साथ अघि बढ्नेछ।”
एमानुएल टोडले हालै गरेका सबै भविष्यवाणीहरू प्रायः सत्य साबित भएका छन्। यसलाई कसैले अस्वीकार गर्न सक्दैन।
उनले यो पनि सुझाव दिएका छन् कि विश्वव्यापी प्रतिष्ठित वर्गको विरोध गर्नेहरूलाई ‘पपुलिस्ट’, ‘अत्यन्त-दक्षिण’ वा ‘राष्ट्रियतावादी’ भनेर नामाकरण गर्नुको सट्टा, तिनीहरूलाई सरल रूपमा ‘जनताको शक्तिहरू’ भनेर सम्बोधन गर्नुपर्छ। यसरी, ‘जनताको शक्तिहरू’ स्वतन्त्र, उदारवादी वैश्विक प्रतिष्ठित वर्गको विरोधमा खडा हुनेछन्।
टोडले यो दाबी गरेका छन् कि जनता प्रति असन्तुष्टि राख्नेले आफ्नो आक्रोशलाई रुसीहरूमाथि केन्द्रित गराउने प्रयत्न पूर्ण रूपमा असफल भएको छ। यो रणनीति काम गर्दैन, साथै उनीहरूले जति रूसविरोधी भावना जगाउने प्रयत्न गर्छन्, उति नै उनीहरू प्रति जनताको घृणा बढ्छ।
उनले यो पनि उल्लेख गरे कि अंग्रेजहरूलाई कुनै र्यालिमा भेला पार्नु मौलिक रूपमा असम्भव छ र यदि केही लाख मानिसहरू स्टारमरविरुद्ध प्रदर्शन गर्न सडकमा निस्किए भने, यसको अर्थ स्टारमरको राजनैतिक भविष्य समाप्त भयो। म्याक्रोन र मर्जको पनि यही अवस्था छ।
रुसको लागि, उदारवादी एलीटहरूसँगको टकराव मात्र लाभदायी सावित भएको छ।
टोडको विचारमा, युक्रेनसँग धेरै समय बाँकी छैन। यसका शासकहरूले गलत पक्षमा बाजी लगाएका थिए र यो अत्यन्तै भयंकर हार हो।
टोड अत्यन्तै कम गल्ती गर्छन्, र गरे पनि केवल साना विवरण हरुमा मात्र।
अनुवाद: मोहनप्रसाद ज्ञवाली