हेगेलको दर्शनको इतिहास
प्राथमिक टैब्स

अलेक्जेन्डर दुगिनको दृष्टिकोणमा हेगेलका लागि, इतिहासको अन्त्य भनेको मूलबिन्दु तर्फ फर्कने प्रक्रिया हो।
परम आत्मा वा चेतना कुनै शुरुआत होइन, बरु विषयगतताको उद्घाटनको पूर्ण चक्रको परिणाम हो। यस कारण हेगेल आदर्शवादी होइनन्, बरु एक एक घटनाविज्ञ (Phenomenologist)हुन्। तथापि, उनीमूलतः एक कट्टरपंथी विषयका घटनाविज्ञ हुन्। यदि हेगेलले परमलाई परिणामका रूपमा उद्घोष गर्छन् भने, तब एक पूर्णतः एक कट्टरपंथी अन्तर्निहितता (immanence) उत्पन्न हुन्छ जुन फिख्टेको अवधारणासँग मिल्दोजुल्दो छ। हेगेल लेख्छन्:
“परमबारे यसो भन्नुपर्छ कि यो मूलतः एक परिणाम हो, र यो वास्तवमा जे हो, त्यो अन्त्यमा मात्र प्रकट हुन्छ।”
परम तत्त्व (Absolute) त्यस्तो सत्य हो, जसले अझै पनि आफू स्वयं बन्नु पर्दछ। यो केवल आफ्नो नकारात्मक पक्षलाई हटाएर मात्र होइन कि बोएमे (Böhme) को विचारमायो पुर्ण हुनआत्म-विस्मृति (self-alienation) प्रक्रिया भयरगुज्रिएर हुन्छ। अर्थात्, रिक्त सार्वत्रिक अवस्था(यो सुरुको अवस्था हो, जहाँ सम्भावना मात्र हुन्छ तर ठोस रूप, विशेषता वा पहिचान हुँदैन। यो सामान्य, अमूर्त र खाली हुन्छ।)बाट विनाशकारी ठोस अवस्था (यो पहिलो रूपान्तरणको चरण हो। रिक्त सम्भावनाले ठोस रूप लिन्छ, तर त्यो प्रक्रिया संघर्ष, टुटफुट र विनाश (लवा पुरानो संरचनाको विघटनसँगै आउँछ। यो एउटा संकटपूर्ण, त्रासदायी तर वास्तविक अवस्था हो।) सम्म पुग्नु, र त्यसपछि उक्त विनाशकारी ठोस अवस्थाबाट नयाँ गुणका साथ पुनः मूल स्रोततर्फ फर्किनु नै परम सत्य हो।
यस अर्थमा, परम तत्त्व भविष्यमा अवस्थित लक्ष्यका रूपमा, अन्तिम उद्देश्यका रूपमा अगाडि रहन्छ। तर यो प्रक्रिया रेखीय (linear) गति होइन, जुन कुरा बुझ्नु अत्यन्तै महत्वपूर्ण छ। यो केन्द्रबाट परिधितर्फ जाने र परिधिबाट पुनः केन्द्रतर्फ फर्किने गति हो। यो चेतनाको बाह्य वृत्तमा हुनेगति मात्र होइन—जहाँ निरन्तर रूपान्तरण मात्र भइरहन्छ। परम सत्ता प्राप्तिको यात्रा भनेको यस्तो सतही, समयसापेक्ष र बाह्य परिवर्तनको चक्र होइन। यो एक गहिरो, आन्तरिक, आत्मिक यात्रा हो जसमा विस्मृति (self-alienation) हुँदै पुनर्मिलन (return) हुन्छ। बाह्य संसारमा भए जस्तो साधारण 'रूपान्तरण' होइन।
हेगेलका अनुसार इतिहास भनेको समयभित्र क्रमशः घटित हुने घटनाहरूको श्रृङ्खला मात्र होइन; बरु यो अनन्तताबाट समयमा हुने अवतरण र समयबाट पुनः अनन्ततामा हुने प्रत्यावर्तनलाई एकीकृत गर्ने प्रक्रिया हो। हेगेलको इतिहास, अर्थात् हेगेलको समय, केन्द्रबाट परिधितर्फ र परिधिबाट पुनः केन्द्रतर्फ हुने एक गति हो। यही इतिहासले समयका संरचनाहरू र क्षणहरूलाई पूर्वनिर्धारित गर्दछ। समय आफैंमा कुनै दिशा, अर्थ वा सामग्री होइन; यसभित्र कुनै घटनाहरू हुँदैनन्। समयका सबै घटनाहरू र सामग्रीहरू चेतनाभित्रबाट नै उत्पन्न हुन्छन्। ( यी तीनविचारधाराप्लेटोनिक, हेगेलियन तथा घटनाशास्त्रीय चिन्तनका लागिसमयलाई रेखीय प्रक्रियाका रूपमा बुझ्नु मौलिक रूपमा गलत छ।) समयका सबै घटनाहरू चेतनाभित्रबाट नै उत्पन्न हुन्छन्। यदि हामी यसको परिधिमा अवस्थित तत्त्वहरू प्रयोग गर्छौं, वा अझ बाहिर (काल्पनिक “वस्तु–स्वयं–मा” को क्षेत्रमा) पुग्छौं, वा इतिहासलाई रेखीय प्रक्रियाका रूपमा हेर्छौं भने, हामी हेगेलबाट अधिकतम रूपमा विचलित हुनेछौं। र उनलाई बुझ्न सक्ने छैनौ।
हेगेलको इतिहास भनेको आत्मनिष्ठ चेतना (सब्जेक्टिभ स्पिरिट)को समयमा प्रकटीकरण र पुन:प्रकट र त्यसको परम चेतना (एब्सोल्युट स्पिरिट)मा रूपान्तरणको इतिहास हो। हेगेलको इतिहास यथार्थ समय प्रक्रियासित अनुप्रस्थ (ट्रान्सभर्सल)अर्थात त्यसलाई छेउबाट काट्नेप्रकृतिको हो। अर्थात्, इतिहास केवल "समय होइन" मात्र होइन, यो समयसित लम्बरूप (पर्पेन्डिकुलर) छ। इतिहासमा घट्ने घटनाहरू समयभित्र घट्ने घटनाहरू होइनन्, बरु यी चेतनाका संरचनाहरूभित्र घट्ने घटनाहरू हुन्। र यही चेतना आफ्ना घटनाहरूद्वारा समयलाई चित्रित गर्दछ। त्यसैले, जब हामी "इतिहासको अन्त्य" को कुरा गर्छौं, यसको अर्थ नयाँ गुणस्तरमा मूल बिन्दु प्राप्त गर्नु हो। तथापि, चेतनाको संरचनाको यो प्रकटीकरण र वास्तविकताको द्वन्द्वात्मकता (विर्क्लिखकाइट / Wirklichkeit) को विस्तारको काल-मा कहिल्यै सुरुवात थिएन। यो शाश्वतताको बिन्दुमा अवस्थित थियो। यो बिन्दु नै हामीले मौलिक विषय (रेडिकल सब्जेक्ट), होमो इन्टिमस (Homo Intimus)⁴, वा नोस पोइएटिकोस (νοῦςποιητικός) को रूपमा पहिचान गर्छौं। यहाँबाट, एक रिक्त र अप्रकट अवस्थाबाट जस्तै, निषेध परिधितर्फ सर्छ, र त्यसपछि परिधिबाट पुनः फर्किने प्रक्रिया सुरु हुन्छ। यस पुनरागमनमा केन्द्रले आफूलाई एक निरपेक्ष सत्यको रूपमा प्रकट गर्छ। यो इतिहासको परिणाम हो, तर यो न त रैखिक आयाममा अवस्थित छ, न त चक्रात्मक आयाममै।
अरस्तुले देखाएझैँ, चक्रमा न त कुनै आरम्भ हुन्छ, न त अन्त्य। कुनै ग्रहको गति शाश्वत हुन्छ; यो कुनै एकल बिन्दुबाट सुरु भएको हुँदैन।यो सधैँदेखि अस्तित्वमा रहँदै आएको हुन्छ। यसको आरम्भ नै यसको अन्त्य पनि हो।यी दुबै एउटै बिन्दुसँग सम्बन्धित दुई सम्बन्धहरू हुन्, जसको वरिपरि ग्रहहरू परिक्रमा गर्छन्, तर त्यो बिन्दु स्वयं अक्षमा अवस्थित हुँदैन।
यसले हेगेलको द्वन्द्ववादलाई बुझ्न पूर्णतः फरक दृष्टिकोणको आवश्यकता रहेको स्पष्ट पार्छ। जसलाई हाम्रो चेतनाको परिधिमा घटिरहेका प्रक्रियाहरूको दृष्टिकोणबाट व्याख्या गर्न सकिँदैन। किनकि ती प्रक्रियाहरू स्वतन्त्र र स्वायत्त रूपमा आफूलाई प्रस्तुत गर्छन्।
अनुवाद: मोहनप्रसाद ज्ञवाली
