रुसलाई फेरि विश्व साम्राज्य बनाउन चाहने अलेक्जेण्डर डुगीन
हरेक राष्ट्रका आ–आफ्ना विचारकहरु हुन्छन्, जसले ती देशका नीतिलाई प्रभावित गरिरहेका हुन्छन्। वाङ्ग हुनिमको विचारले चीनका राष्ट्रपति सी जिन्पिङलाई गहिरोसँग प्रभावित गरेको देखिन्छ । फ्रान्सिस फुकायामाको विचारले अमेरिकालाई केही दशकसम्म दोहोर्याएको थियो। उनीहरुजस्तै अलेक्जेण्डर डुगीनलाई चाहिँ रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई वैचारिक रुपमा दिशानिर्देश गर्ने दार्शनिक मानिन्छ। डुगीनको विचारबाट पुटिन अत्याधिक प्रभवित देखिन्छन्।