ट्रम्पवाद र अमेरिकी मूल्यहरूको पतनबीचको संघर्ष

अब अमेरिका सामु एउटा यस्तो क्षण आउनेछ, जहाँ या त अमेरिकाको समृद्धि, सुरक्षा, महानता र स्वतन्त्रता छनोट गर्नुपर्नेछ वा उदार प्रजातन्त्र, विश्वव्यापीकरण र 'डीप स्टेट'.......

युरोपेली संघविरुद्धको पुटिन–ट्रम्प गठबन्धन

पुटिन र ट्रम्पबीचको प्रत्येक टेलिफोन संवाद विश्वको नयाँ विश्वव्यवस्थाको स्पष्टताको दिशाका लागि एक अति महत्वपूर्ण कदम हो। तर, युक्रेनसम्बन्धी मुद्दा स्वाभाविक रुपमा न त हिजोको टेलिफोन वार्ताबाट समाधान हुन्छ, न त भविष्यमा हाम्रा राष्ट्रपतिहरूबीच सम्भावित भेटघाटहरूले सजिलैसँग समाधान गर्न सकिन्छ। यो सम्पूर्ण चित्रमा एक अति आवश्यक तत्वको अभाव छ,  त्यो हो हाम्रो सैन्य वर्चस्व।

भारतले तनावलाई बढाउने विकल्प रोजेको छ

भारत र पाकिस्तानबीचको आक्रमण र प्रतिआक्रमणको क्रम विवादित क्षेत्र कश्मीरको सीमा नाघेर अघि बढ्यो।

रोमानियाको उदारवादी विश्वव्यवस्थाविरुद्ध विद्रोह

अलेक्जेन्डर दुगिनले रोमानियाको राष्ट्रपति निर्वाचनको पहिलो चरणको विश्लेषण गर्दै जर्ज सिमिओनको विजयलाई युरोपमा बढ्दो रुढीवादी लहरको अर्को चिंगारी र राष्ट्रमा प्राचीन रूढीवादी (अर्थोडक्स) पुनर्जागरणको संकेतका रूपमा व्याख्या गरेका छन्।

हाइडेगरसँगको साक्षात्कार: एक बौद्धिक यात्राको निमन्त्रणा

मार्टिन हाइडेगर अत्यन्तै आधारभूत विचारक हुन्। दर्शनको इतिहासमा  उनी  यस्ता व्यक्तित्वहरूमा पर्दछन्, जसलाई उपेक्षा गर्न असम्भव छ। धेरै कुरा छुटाउन सकिन्छ, वैकल्पिक मान्न सकिन्छ, तर उनको चिन्तनलाई अश्वीकार गर्न सकिदैन ...

यूरेशियन महा-राष्ट्रको पुनरागमन

अलेक्जेन्डर दुगिनको मतानुसार, सोभियत संघ र साम्राज्यको पतनपछि पनि यस क्षेत्रमा फेरि एउटा साझा सभ्यतागत गठबन्धनको पुनर्स्थापना अपरिहार्य छ।

रूसका उदारवादी विध्वंसकहरू

सर्गेई लाभरोभले अन्ततः त्यो कुरा स्वीकार गरेका छन्, जुन विषयमा म लगायत धेरै विद्वानहरूले वर्षौंदेखि लेख्दै आएकाथियौं  कि रूसमा सन् १९९० को दशकबाट बाँकी रहेको एक किसिमको कुलीनतन्त्र अझै पनि सक्रिय छ। जसले राष्ट्रप्रमुखको सार्वभौमिकतालाई सुदृढ गर्ने दृष्टिकोणसँग सहमति राख्दैन। यी अधिकारीहरूले रूसलाई फेरि एकपटक विश्वव्यापी संरचनाको हिस्सा बनाउने स्वप्न देखिरहेका छन्। तर त्यो विश्व अब बाँकी रहेन। यो उनीहरूको मानसिक पीडा मात्र हो। यसैले उनीहरूले पूर्णतः विनाशकारी दृष्टिकोण अख्तियार गर्छन् र हरेक क्षेत्रमा सार्वभौमिकताको प्रक्रियामा बाधा पुर्याउँछन्।

 

सेलाक र ल्याटिन अमेरिकाका चुनौतीहरु

९ अप्रिलमा होन्डुरसले ल्याटिन अमेरिकी तथा क्यारिबियन राष्ट्रहरूको समुदाय (CELAC) को नवौं शिखर सम्मेलनको आयोजना गर्‍यो। जसका ३३ वटा सदस्य राष्ट्रहरूमध्ये ३० राष्ट्र सहभागी भए। समग्रमा, क्षेत्रीय एकता र समृद्धिका लागि राजनीतिक सङ्घर्षको आयोजनासँगै समूहको सुदृढीकरण गर्ने  सम्बन्धी सरकारहरूबीच एक सहमति कायम भएको थियो। सम्मेलनको अन्त्यतिर, जब अर्जेन्टिना र प्याराग्वेका प्रतिनिधिहरूले सार्वजनिक घोषणाप्रति असहमति जनाए, तब, त्यहा एक तनावपूर्ण स्थिति देखिएको थियो। होन्डुरसकी राष्ट्रपति जिओमारा क्यास्ट्रोले उक्त घोषणालाई “पर्याप्त सहमति”मा स्वीकृत भएको भनेर प्रस्तुत गरेकी थिइन्। जसको कारण सो स्थिती देखा परेको हो। 

अचम्म ! ग्लोबल साउथले विश्व राजनीतिको पासा नै उल्टाई दियो

"एउटा सभ्यता कूल गार्हस्थ्य उत्पादन (GDP) का तथ्याङ्कहरू वा सौम्य शक्ति (soft power) का नाराहरूले निर्माण हुने होइन, यो त आत्मा, स्मृति र दार्शनिक दिशाबाट निर्मित हुन्छ।"

संयुक्त राज्य अमेरिकाले ट्रान्सजेन्डर युक्रेनीको भावना चोट पुर्‍याएको छ

हाल अमेरिकामा ट्रान्सजेन्डरहरू (चाहे वृद्ध होऊन् वा साना बच्चा) को सामाजिक स्थिति निकै तीव्र रूपमा परिवर्तन भएको छ। केही समयअघि ओबामा र बाइडेनको पालामा उनीहरूलाई अग्रगामी सामाजिक कार्यकर्ता, मानव सभ्यताका आदर्श प्रतिनिधि र सबैको प्रेरणास्रोतका रूपमा हेरिन्थ्यो। 

ट्रम्प युक्रेन युद्धबाट बाहिरिँदै : दुगिनद्वारा ट्रम्पको 'प्लान बी' को खुलासा

ट्रम्पले विस्तारै महसुस गर्न थालेका छन् कि युक्रेनी समस्याको समाधान गर्न र रुस-युक्रेन द्वन्द्व अन्त्य गर्ने उनको विचार समसामयिक रयथार्थपरक छैन। उनको पहिलो मोडेल प्रभावकारी भएन साथै  उनले जुन कडा सर्तहरू प्रस्ताव गरेकाछन्, ती न त रुसका लागि, न युक्रेनका लागि, न नै युरोपेली संघका लागि स्वीकार्य छन्।

 

रूस, बेलारुस र इरान बीच सङ्घीय राज्य गठन : वर्तमान संकटलाई मुक्त गर्ने ऐतिहासिक रणनीतिक कदम

अमेरिका र इरानबीचको द्वन्द्व चर्कँदै गएको तथ्य झन्-झन् स्पष्ट हुँदैगइरहेको छ। ट्रम्पले अमेरिकी परराष्ट्र नीतिका प्राथमिकताहरू परिवर्तन गरिरहेका छन्। अघिल्लो बाइडेन प्रशासनको  वैश्वीकतावादी विचारधाराका समर्थकहरूका लागि प्राथमिकता युक्रेनमा रुससँगको युद्ध थियो। तर ट्रम्पका लागि इजरायलको महत्व अझ बढी छ। जसका कारण इजरायल र इरानबीचको द्वन्द्व केन्द्रमा आएको छ। अमेरिका क्रमशः यो युद्धमा तानिँदै गएको छ। जसले गर्दा वाशिंगटन र तेहरानबीचको तनाव तीव्र हुँदै गएको छ।

अमेरिका भर्सेज युएसएआईडी : ‘मेक अमेरिका ग्रेट अगेन’ (MAGA) क्रान्ति। युएसएआईडी खारेज गरेर ट्रम्पले (लगभग) विश्वलाई बचाए।

यूएसएआईडीले आधिकारिक रूपमा विश्वभरि "अधिनायकवादी" (रूढिवादी, पर्याप्त जागरूक नभएका) शासन विरुद्ध लडिरहेका अति-राष्ट्रवादी अलगाववादी (नाजी) समूहहरूलाई सहयोग गरेको छ। यसले त्यसरी नै "अधिनायकवाद विरोधी" उग्र चरमपन्थी धार्मिक समूहहरूलाई पनि सहयोग गरेको छ।

युरोपको युद्धबाट ट्रम्प पछि हट्ने

ट्रम्प पुटिनप्रति क्रोधित भएको भन्ने खबरहरू पूर्ण रूपमा अमेरिकी राष्ट्रपतिको भिन्न अभिव्यक्तिहरूसँगै सार्वजनिक भए। एक भिडियो सार्वजनिक गरियो, जसमा ट्रम्पले अत्यन्त आक्रामक स्वरमा व्यक्तिगत रूपमा जेलेन्स्कीलाई चेतावनी दिँदै उक्त सम्झौताबाट पछि हटेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन्। सो सम्झौता दुर्लभ पृथ्वीमा पाईने खनिजहरू तथा अन्य बहुमूल्य तत्व सम्बन्धी रहेको छ। जुन ट्रम्पका अनुसार अमेरिकाको नियन्त्रणमा आउनुपर्ने छ। यो भविष्यमा अमेरिकी सैन्य सहायता प्राप्त गर्नका लागि नभई अघिल्लो सहायताको आपूर्तिको भुक्तानी स्वरूप हुनुपर्ने उनको दाबी छ।

विचारहरूको द्वन्द्व: किन MAGA ले बौद्धिक आधार निर्माण गर्नुपर्छ

पुरानो व्यवस्थाले ट्रम्पको क्रान्तिलाई प्रतिरोध साथै अवरोध गर्दछ, जसले प्रत्येक अग्रगामी कदमलाई शक्ति र अस्तित्व लागि  युद्ध जस्तैः बनाउँछ।

"युक्रेनी जनताहरू बन्धक बनाइएका छन्": दुगिनद्वारा कीभो-पेचोर्स्का लाव्रा आक्रमणबारे एक प्रतिक्रिया

किभो- पेचोर्स्का लाव्राको नजिकका गुफाहरूमा भएको आक्रमणले स्पष्ट रूपमा यो देखाउँछ कि किभमा स्थापित शैतानी शासन आफ्नो अन्तिम दिनहरू गन्दै छ। यो मृत्युसैयामा छट्पटीरहेको छ। त्यसैले, तिनीहरू सकेसम्म धेरै पवित्र स्थानहरू र संस्कृतिक केन्द्रमा अपमानपूर्ण आक्रमण गर्ने, साथै धेरै जनतामाथि दुष्टता लाद्न चाहन्छ। यही कारणले यी आक्रमणहरु भएका हुन् । यसमा आश्चर्य मान्नु पर्ने कुनै कारण  छैन।

एक्लिएका एर्दोगान

इस्तानबुलका मेयर एकरेम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा गम्भीर अशान्ति उत्पन्न भएको छ र यसले झन् तीव्ररुपमा भयंकर रूप लिइरहेको छ। संकट अझ गहिरिँदै गएको छ। तर, परिस्थितिको उचित विश्लेषण गर्नका लागि विभिन्न कारकहरूलाई ध्यानमा राख्न आवश्यक छ।

प्लेटो, अरस्तु र पश्चिमी सभ्यताको नियति

रूसी सभ्यता र पश्चिमी परम्परागत सभ्यताका लागि प्लेटो भारतका लागि वेद, उपनिषद् वा चीनका लागि कन्फ्यूसियस जत्तिकै महत्त्वपूर्ण छन्। क्रिश्चियन धर्मशास्त्र पनि प्लेटोमा आधारित छ। उनका सिद्धान्तहरू, परिभाषाहरू, भाषा र अवधारणाहरू बिना हाम्रो विरासतलाई बुझ्न असम्भव छ।

जाज्वल्यमान पुटिन: ट्रम्पसँगको वार्ताका अदृश्य पाटाहरू बारे एक विश्लेषण

हिजोको ट्रम्प र पुटिनबीचको टेलिफोन वार्ता एक अत्यन्त महत्वपूर्ण घटना हो। दुई ठूला महाशक्तिका राष्ट्रप्रमुखहरूले आपसी रूपमा धेरै समस्याहरूमा छलफल गरे। मलाई लाग्छ, कुराकानी केवल युक्रेनसम्म सीमित थिएन, बरु भविष्यको विश्व संरचनाबारे पनि थियो। अहिले हाम्रो आँखा अगाडि निर्माण भइरहेको महाशक्तिहरूको जुन नयाँ क्रम छ, त्यसको एकध्रुवीय वैश्विक उदारवादी विश्वसँग कुनै सम्बन्ध छैन। त्यो पहिलेको  विश्व व्यवस्था जसलाई अमेरिकी प्रशासनले सम्पूर्ण मानवजातिमाथि जबर्जस्त थोपरेको थियो, जसका अवशेषहरू हामी अहिले पनि युरोपेली संघमा देखिरहेका छौं।

ट्रम्प अझै अगाडि बढ्छन्

डोनाल्ड ट्रम्पद्वारा अमेरिकी ग्लोबल मिडिया एजेन्सी (USAGM) को विघटन एक अत्यन्त महत्वपूर्ण घटना हो। जसको महत्त्वलाई कम आकलन गर्न सकिँदैन। तर, यो किन भयो? सबैभन्दा पहिले यो बुझ्नु जरुरी छ कि, ट्रम्प आफ्नो दोस्रो कार्यकालमा केवल सफल राजनीतिज्ञ मात्र होइनन् कि उनी अझ बढी वैकल्पिक रणनीतिको प्रतिनिधित्व गर्छन्। यो रणनीति अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वविरोधी र यथार्थवादमा आधारित हो।

महान् शक्तिहरूको क्रम: ट्रम्पको नयाँ भू-राजनीतिक यथार्थ

आज, ट्रम्प र उनका समर्थकहरूले निर्माण गर्न  चाहेको  नयाँ विश्व व्यवस्थाको भू-राजनीतिक नक्सा झन्  स्पष्ट हुँदै गइरहेको छ। यस पटक, ट्रम्प २.० ले वाम-उदारवादी वैश्विकतावाद र नव-रूढिवादीहरू (जो मूलतः वैश्विकतावादको अर्को रूप मात्र हुन्) दुबैसँग सम्बन्ध विच्छेद गर्ने र उनीहरूका योजनाहरूसँग सम्झौता नगर्ने दृढ निश्चय गरेका छन्। उनी अतीतसँगको जडत्व तोड्दै अमेरिकी विमानरुपी जहाजलाई नयाँ मार्गतिर अग्रसर गराउँदैछन्।

शान्तिका लागि चार वा पाँच अतिरिक्त क्षेत्रहरू

शान्तिका लागि चार वा पाँच अतिरिक्त क्षेत्रहरू

कुर्स्क क्षेत्रमा राष्ट्रपति पुटिन सैनिक पोशाकमा उपस्थित हुँदै रूसी सेनाका प्रधानसेनापति, जनरल गेरासिमोभसँग फ्रन्ट्लाइनमा उपस्थित हुनुले रुस कुनै सम्झौता स्वीकार नगरी निर्धारित लक्ष्य प्राप्त गर्न आफ्नो विशेष सैनिक अभियान जारी राख्ने कुरामा स्पष्ट रहेको सङ्केत गर्दछ।

सही प्रविधिक क्रान्ति: उदारवादको सीमाभन्दा पर

सही प्रविधिक क्रान्ति: उदारवादको सीमाभन्दा पर

नवीन भू-राजनीतिक नक्सामा – सही प्रविधिको हिसाबले चीनलाई प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिन्छ, रूसलाई महत्वपूर्ण संसाधन केन्द्रको रूपमा लिइन्छ र उदारवादी विचारधारात्मक चिन्ताहरूलाई अप्रासंगिक ठानिन्छ।

जेलेन्स्की पतन भए, युक्रेन समाप्त भयो।

हिजो ह्वाइट हाउसको ओभल अफिसमा के भयो भन्ने बारेको गहन निष्कर्ष निकाल्न अलि हतार हुनेछ। तर, यो स्पष्ट भएको छ कि यो एक असाध्यै महत्त्वको घटना हो। यसका परिणामहरूलाई हामी पछि मूल्याङ्कन गर्नेछौं, तर ट्रम्पले स्पष्ट पारिसकेको छन् कि बाइडेनले सुरु गरेको युद्ध न केवल उनको लागि निरर्थक छ, त्यो भन्दाबढी सम्भवतः यो भयंकर अपराध हो।

जर्मनीले वैकल्पिकको खोजी गरिरहेको छ

जर्मनीको निर्वाचनमा चान्सलर ओलाफ शल्ज निसन्देह पराजित भएका छन्। तर, जर्मन समाज अब जागृत हुँदैछ भनि निष्कर्ष निकाल्नु अझै हतार हुनेछ। आखिर, अधिकांश मतदाता फ्रेडरिक मर्जको पार्टीतर्फ गएका छन्, जुन नाममात्र “क्रिश्चियन” हो। क्रिश्चियन डेमोक्र्याटिक युनियन (CDU) एकदमै उदारवादी राजनीतिक संरचना हो। जसको ख्रीष्टियन धर्मसँग कुनै वास्तविक सम्बन्ध छैन। यो शल्जको समाजवादी डेमोक्र्याटिक पार्टी (SPD) जत्तिकै वैश्वीकतावादी (ग्लोबलिस्ट) प्रवृत्तिको दल हो।

पृष्ठ